सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

गौचन हत्यामा संलग्न सुटरसहित ५ पक्राउ, को को छन् ?

मुख्य योजनाकारसहित ८ जना अझै फरार

दैनिक नेपाल २०७४ कार्तिक २८ गते १६:१९

काठमाडौं, २८ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित पक्राउ परेका ५ जनालाई मंगलबार सार्वजनिक गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भृकुटीमण्डपस्थित पुलिस क्लबमा पत्रकार सम्मेलन गरी पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरेको हो । यद्यपी घटनाका मुख्य योजनाकार भने अझै फरार छन् ।

पक्राउ पर्नेमा सुटर नुवाकोटका राजिव तामाङ, भारतको विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी रहेको महानगरीय प्रहरी एआईजी जयबहादुर चन्दले जानकारी दिए ।

चन्दका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थापनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समिरका सहयोगी हुन् । योजनाकार भनिएका समिरमान बस्नेत भने फरार छन् ।

गौचनको असोज २३ गते बानेश्वरस्थित खरिबोट चोकमा दिउँसै गोली हानेर हत्या भएको थियो ।

पक्राउ अभियुक्तहरू :
१. नाम : राजिव स्याङ्ताङ
उमेर : २१ बर्ष
स्थायी वतन : जि.नुवाकोट, पंचकन्या गा.पा. – ५
घटनामा संलग्नता : सुटर

२. नाम : शिवजी महतो
उमेर : ३५ वर्ष
स्थायी वतन : जि.पर्सा, कालिकामाई गा.पा. – १
घटनामा संलग्नता : हतियार र मो.सा.व्यवस्थापन

३. नाम : मुकेश कुमार पाण्डे
उमेर : २४ वर्ष
स्थायी वतन : बेतिया जिल्ला, ग्राम पंचायत चौबेटोला–७ विहार भारत
घटनामा संलग्नता : हतियार व्यवस्थापन

४. नाम : सन्तोष गुरूङ
उमेर : १८ बर्ष
स्थायी वतन : जि.पर्सा, ठोरी गा.पा. – ५
घटनामा संलग्नता : मो.सा. व्यवस्थापन

५. नाम : प्रकाश बुढाथोकी
उमेर : २२ वर्ष
स्थायी वतन : का.जि.नागार्जुन न.पा. – ४
घटनामा संलग्नता : घटनामा सहयोगी

फरार अभियुक्तहरू :-

१. समिरमान सिंह बस्नेत
२. मनोज पुन
३. लोप्साङ
४. बोका भन्ने गंगा लिङ्देन (लिम्बु)
५. श्याम बहादुर गुम्बे
६. काले दाई भन्ने अम्बर बहादुर राना
७. रोशन बुढाथोकी
८. अजय थापा

प्रतिक्रिया
सम्बन्धित