सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

देउवाविरुद्ध धावा बोल्ने को हुन खगराज भट्ट ?

देउवाको गृह जिल्लामा केपी-प्रचण्डले सम्बोधन गर्ने

दैनिक नेपाल २०७४ कार्तिक २८ गते १५:३७

– राजेन्द्र ठगुन्ना

डडेल्धुरा, २८ कात्तिक । प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवासंग तेस्रो पटक निर्वाचनमा भिड्न लागेका नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टको जन्म २०३१ साल पुस २ गते डडेल्धुरा जिल्लाको चिपुर गा.वि.स ६ मा भएको हो ।

२०४७ सालमा नेपाली विद्यार्थी संघको सदस्य भएर राजनीतिमा लागेका भट्ट २०४७ सालमा तत्कालिन नेकपा एकता केन्द्रको केन्द्रिय सदस्य हुदै कम्युनिष्ट राजनीतिमा लागे नेपाल कम्युष्टि पार्टी माओवादीको शसस्त्र विद्रोहका क्रममा ज्यान गुमाएका आफ्नै दाजु जयराज भट्टको प्रेरणाले उनी राजनीतिमा लागेका हुन नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट आई.एल. पास गर्दै २०५४ साल देखि २०५८ सम्म अनेरास्ववियु क्रान्तिकारीको केद्रिय सदस्य भए ।

अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्ष भएर काम समेत गरेका खगराज भट्टले २०५२ फागुन २४ गते देखि २०५४ सम्म १६ महिना डडेल्धुरा कारागारमा जेल जीवन विताएका थिए । विद्यार्थी फाँट छोडेपछि उनी नेकपा माओवादीको दार्चुला, बैतडी, डडेल्धुरा सचिव भएर काम गरेका थिए । बैतडी र दार्चुलाको ईन्चार्ज समेतको जिम्मेवारी सम्हाली सकेका भट्ट २०६० सालमा तत्कालिन नेकपा माओवादीको केन्द्रिय समितिमा समेत काम गरेका अनुभव छ ।

०६२÷०६३ को आन्दोलन पछि २०६४ मा प्रतिनिधी सभाको चुनाव नेपाली काग्रेसका सभापति शेर बहादुर देउवासंग प्रतिस्पर्धामा गरेका थिए । ०६४ सालको निर्वाचनमा शेर बहादुर देउवाले २० हजार ५ सय २९ मत र भट्टले १९ हजार १ सय ६० मत ल्याएका थिए । २०७० सालमा बाम गठबन्धनले २० हजार मत ल्याउदा देउवासंग ४ हजारको मतान्तर रहेको छ ।

देउवाको गृह जिल्लामा केपी र प्रचण्डलेसम्बोधन गर्ने

यसैबीच नेपाली कांग्रसका सभापति एव प्रधानमन्त्री शेर बहादुरको गृह जिल्लामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर ८ गते संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् ।

निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सदरमुकामा आयोजना गरिने चुनावी आम सभालाई दुवै पार्टीका अध्यक्षहरुले सम्बोधन गर्ने भए पछि नेता कार्यकर्ताहरुमा अझ हौसला बढेको वाम गठनबन्धन निर्वाचन परिचालन कमिटी कार्यालय व्यवस्थापन संयोजक विरेन्द्र बस्नेतले बताए ।

पहिलो चरणको निर्वाचनलाई मध्यनजर गर्दै दुवै पार्टीका अध्यक्षहरुले डडेल्धुराको आम सभालाई सम्बोधनका लागी समय नभएको बताएको भए पनि वाम गठबन्धनका उमेदवारहरुले डडेल्धुरामा चुनावी सभा सम्बोधनका लागी चर्को दवाव दिए पछि मात्रै दुवै पार्टीका अध्यक्षहरुले डडेल्धुराको आम सभालाई सम्बोधनका लागी बाध्य भएको वाम गठबन्धका नेताहरुले बताएका छन् ।

केही कांग्रेसका नेताहरुले देउवालाई जिताउनका लागी डडेल्धुराको आमसभालाई केपी र प्रचण्डले सम्बोधन नगर्ने भन्दै कार्यकर्ताहरुमा भ्रम फैलाएकाले त्यो भ्रम चिर्नका लागी समेत दुवै पार्टीका अध्यक्षहरुले डडेल्धुराको चुनावी आम सभालाई सम्बोधन गर्ने वाम गठबन्धन निर्वाचन परिचालन समिति संयोजक गजेन्द्र शाहीले बताएका छन् ।

उनले भने– डडेल्धुरा जिल्लामा बाम गठबन्धनको विजयलाई हेर्न नसक्ने र बाम गठनबन्धका पक्षमा देखिएको चुनावी माहौलबाट आत्तिएका केही पार्टीका नेताहरुले भ्रम फैलाईरहेका छन् त्यो भ्रमलाई चिर्नका लागी दुवै पार्टीका अध्यक्षहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रतिक्रिया
सम्बन्धित