सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

शेरधन राईमाथिको आक्रमणप्रति एमालेको कडा विरोध, सरकारलाई सचेत गरायो

दैनिक नेपाल २०७४ कार्तिक २८ गते १५:०२

काठमाडौं, २८ कात्तिक । नेकपा (एमाले) ले आफ्ना भोजपुर (क)मा प्रदेशसभा सदस्य उम्मेदवार पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईमाथि आज बिहान भएको आक्रमणको निन्दा गरेको छ ।

भोजपुर–१ को ट््याम्के मैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउँमा निर्वाचन प्रचारका क्रममा राईको गाडीमाथि आक्रमण भएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन प्रचारका क्रममा रहेका उम्मेदवारमाथिको सो आक्रमण निर्वाचन भाँड्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाइएको छ ।

‘पार्टीको मागका वावजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका वामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासीनताले हाम्रो पार्टीलाई आश्चर्यचकित बनाएको छ’, ओलीको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्तिः

भोजपुर–१ को ट्याम्केमैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउ“मा निर्वाचन प्रचारको क्रममा हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको साङ्घातिक आक्रमणलाई हाम्रो पार्टीले गम्भीरतापूवर्क लिएको छ ।

निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं । यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाड्ने र मुलुकमा भाडभैलो मच्चाइरहने स्पष्ट हुन्छ । हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराउ“छौं । हामी हाम्रा उमेदवार कमरेड शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा गर्दछौं ।

पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ । हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारस“ग माग गर्दछौं । र, घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न आग्रह गर्दछौं ।

केपी शर्मा ओली
अध्यक्ष

प्रतिक्रिया
सम्बन्धित