सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

एसीसी यु-१९ क्रिकेटः नेपालको दोस्रो जित, मलेसिया ८ विकेटले पराजित

दैनिक नेपाल २०७४ कार्तिक २८ गते १३:५७

काठमाडौं, २८ कात्तिक । एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

वर्षाका कारण २४ ओभरमा घटाइएको खेलमा मलेसिया १५.३ ओभरमा ४५ रन बनाउँदै अल आउट भयो । जवाफी व्याटिङ गरेको नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा ४६ रनको लक्ष्य पूरा गर्‍यो । ओपनर आशिफ शेख ४ रन, कप्तान दिपेन्द्र सिंह ऐरी २ छक्का, अनिल साहले २६ र भीम सार्कीले अविजित ३ रन प्रहार गरी नेपाललाई जित दिलाए ।

बलिङतर्फ मलेसियाका विजय उन्नीले २ विकेट लिए ।

टस हारेर व्याटिङको निम्तो पाएको मलेसिया नेपाली बलरसामु निरिह बन्यो । मलेसियाली ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २र२ तथा अनिलकुमार साहले १ विकेट लिए ।

यसअघि नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित