सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

मिस्टर वसियनमा विवेक खड्काले भाग लिने

दैनिक नेपाल २०७४ कार्तिक २८ गते ९:०९

काठमाडौं । विश्वका चर्चित पुरुष सौन्दर्य प्रतियोगिता मध्य एक ‘मिस्टर वसियन’ पनि हो । यहि सौन्दर्य प्रतियोगिता ‘मिस्टर वसियन २०१७’ मा नेपालको प्रतिनिधित्व पूर्व मोडल हन्ट विजेता विवेक खड्काले गर्न भएका छन् ।

ताइवानको ताइबेइमा यहि १५ देखि २६ नोभेम्बर आयोजना हुने प्रतियोगितामा ७० देशका युवाहरुको सहभागिता रहनेछ ।

६.१ हाइट भएका २० वर्षीय खड्का अन्य प्रतिस्पर्धीका लागि बलियो चुनौतीको रुपमा प्रस्तुत हुने ब्यवस्थापन जिम्मा लिएको नेक्स्ट मोडल नेपालका प्रमुख रवि धवलाले बताए ।

नेपाली कलासंस्कृति झल्कने बिभिन्न भेष भुषाका साथ नेपाललाई सगरमाथा र बुद्धको देश भनेर चिनाउन आफ्नो सहभागिता अर्थपूर्ण रहेको विवेकले बताए । विवेक गत वर्षका मोडल हन्ट नेपालका बिजेता पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित