सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

न्युजर्सीमा महिला हिंसाबिरुद्ध विशेष कार्यक्रम

दैनिक नेपाल २०७४ कार्तिक २८ गते ८:४७

अमेरिका । अमेरिकाको न्युजर्सीमा शहरमा लैंगिक हिंसाबिरुद्ध ऐक्यबद्धता जनाउन गत नोभेम्बर ११ तारिख शनिबार अमेरिकाको न्युजर्सीमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली महिलाका साथमा अमेरिकन महिलाहरू समेत रातो फरियामा देखिए ।

न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो फरियामा उपस्थित भएका थिए ।

न्युजर्सीको हड्सन काउन्टी (जिल्ला)मा घरेलु र यौनहिंसाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निःशुल्क सेवा प्रदान गर्ने उदेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो ।

बंगाली, हिन्दी, अँग्रेजी तथा नेपाली भाषामा समेत यस पटक देखि सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंसाका पीडित नेपाली महिलाहरूलाई निःशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी बिष्णुमाया परियार नेपाली समुदायको संयोजक भएकोले उनकै पहलमा रातो फरिया कार्यक्रमको आयोजना गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित