शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

सुनसरीको अनाथ आश्रमलाई नारी समाज पोर्चुगलको सहयोग

दैनिक नेपाल २०७४ कार्तिक २७ गते १९:५६

– भरत प्रधान

लिस्बन (पोर्चुगल) । नेपाली नारी समाज पोर्चुगलले प्रवासमा देउसी भैलो खेलेर संकलन गरेको रकम अनाथ आश्रमलाई सहयोग गरेको छ । समाजले सुनसरीको सयपत्री टोलमा रहेको निसाहय बालबालिका सेवा आश्रमलाई आर्थिक सहयोग गरेको हो ।

आश्रमका लागि सहयोगार्थ आयोजित देउसी भैलो कार्यक्रमबाट संकलित एक लाख ८९ रुपैयाँ आश्रमलाई सहयोग प्रदान गरिएको समाजकी अध्यक्ष सीता बरालले जानकारी दिइन् । उक्त सहयोग रकम आश्रमकी सञ्चालिका गीता गौतमलाई रेमिट्यान्समार्फत् पठाईएको अध्यक्ष बरालले बताइन् ।

तिहारको अवसरमा समाजले पोर्चुगलमा रहेका प्रवासी नेपालीहरुबाट सहयोग रकम संकलनका लागी घरदैलो देउसी भैलो अभियान नै सञ्चालन गरेको थियो । प्रवासमा नेपाली लोक सँस्कृतीको संरक्षण, सम्र्बद्धन र प्रर्बद्धन गर्नुका साथै गरिब, असाहय र अनाथ बालबालिकाहरुलाई केही मात्र भएपनि सहयोग पूगोस् भन्ने उद्देश्यले देउसी भैलो कार्यक्रम आयोजना गरिएको बरालले बताइन् । हाल आश्रममा ३४ जना निसाहय तथा अनाथ बालबालिकाहरुले आश्रय लिएका छन् ।

स्वयं अनाथ रहेकी गौतमले अनाथ र असाहय बालाबालिकाहरुको सेवा गर्ने उद्देश्यले विस २०४१ सालमा आफ्नै प्रयास र लगानीमा उक्त आश्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित