सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

एनआईसी एसियाको अनलाइन बचत खाता सञ्चालनमा

दैनिक नेपाल २०७४ कार्तिक २७ गते १८:४९

काठमाडौं, २७ कात्तिक । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरुको माग तथा चाहना बमोजिम ‘एनआई सी एसिया अनलाइन बचत खाता’ संचालनमा ल्याएको छ ।

यस अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको खाताहो । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने विशेषता रहेको छ ।

अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । यस बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने कुरामा बैंक विश्वस्त छ ।

बैंकले हाल देशभर रहेका आफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पीओएस मेशिनमार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब ६ लाख ३० हजार ग्राहक महानुभावहरुमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको यस बैंकले यस अनलाइन बचत खातामार्फत देश तथा विदेशमा रहेका ग्राहकहरुलाई थप सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित