सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

भारतीय चलचित्रकर्मीहरु काठमाडौँमा, मंगलबारदेखि नेपाल–भारत मैत्री फिल्म महोत्सव

दैनिक नेपाल २०७४ कार्तिक २७ गते १८:५५

काठमाडौँ, २७ कात्तिक । काठमाडौँमा मंगलबारदेखि पहिलो नेपाल–भारत मैत्री फिल्म महोत्सव हुने भएको छ ।

राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजनामा हुन लागेको महोत्सवमा भाग लिन भारतीय चलचित्रकर्मी र चलचित्र विज्ञहरु काठमाडौँ आइपुगेका छन् । बबरमहलस्थित किङ्स कलेजमा हुने महोत्सव बिहीबारसम्म चल्नेछ । महोत्सवमा नेपाली वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’, ‘झालो’ र ‘डाइङ क्यान्डल’ प्रदर्शन हुँदैछ । यसैगरी, भारतीय फिल्म ‘आँखो देखि’, ‘पार्च’, ‘धनक’ प्रदर्शन हुने महोत्सवका संयोजक गणेश पाण्डेले जानकारी दिए ।

नेपाल र भारतबीचको चलचित्र कला, संस्कृति र चलचित्र क्षेत्रको बलियो सम्बन्ध बनाउँदै नयाँ सीप र सिर्जना आदानप्रदान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको राजस्थान फिल्म महोत्सवका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सोमेन्द्र हर्षले जानकारी दिए ।

महोत्सवसँगै ‘फिल्म र मिडिया क्षेत्रमा उदाउँदो नयाँ शैली’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला पनि हुनेछ । कार्यशालामा भारत र नेपालका फिल्म एवं सम्बन्धित क्षेत्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा भाग लिन कलाकार, चलचित्रकर्मी र विज्ञसम्मिलित १२ जनाको टोली काठमाडौँ आइपुगेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित