सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

वाम गठबन्धनले मंसिर ५ मा भरतपुरमा विशाल आमसभा गर्ने, को कोले गर्दैछन् सम्बोधन ?

एक लाख भन्दा बढी जनता उतार्ने दावी

दैनिक नेपाल २०७४ कार्तिक २७ गते १७:३२

– तीर्थ नेपाल

कार्तिक २७, चितवन । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनले आगामी मंसिर ५ गते भरतपुरमा विशाल आम शभा गर्ने भएको छ ।

भरतपुरको केन्द्रिय बस टर्मिनल परिसरमा हुने आमभामा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी बरिष्ठ नेता रामवहादुर थापा बादल, एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत शीर्षस्थ नेताहरुले संबोधन गर्ने ।

भरतपुरको केन्द्रिय बस टर्मिनल परिसरमा हुने आमभामा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी बरिष्ठ नेता रामवहादुर थापा बादल, एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत शीर्षस्थ नेताहरुले संबोधन गर्ने नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए ।

आमसभामा जिल्लाभरका एक लाख भन्दा बढी जनता उतार्ने तयारी रहेको गठबन्धनका नेताहरुले दाबी गरेका छन् । सोही कार्यक्रमको तयारी स्वरुप एमाले जिल्ला कार्यालय भरतपुरमा सोमबार आयोजित अगुवा कार्यकर्ताको संयुक्त बैठकलाई संवोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर ५ को चितवनको सभा ऐतिहासिक हुने दाबी गरे ।

‘यो आमसभा अरु बेलाको जस्तो हैन, यसले विशेष महत्व बोकेको छ । हाम्रो साझा घोषणा र बाम गठन्धनको देशब्यापी विजयको संदेश दिने कार्यक्रम पनि हुनेछ ।’ प्रचण्डले भने । जनताको बिशाल उपस्थितिले बिरोधीहरुको मनोवल गिराउने मात्र नभई मुलुकको समृद्धिको लागी हुने बाम एकतालाई अनुमोदित गर्ने प्रचण्डले बताए ।

आफु र एमाले अध्यक्ष ओलीमाथि बिभिन्न तत्वहरु खनिएर लागेको आशंका गर्दै अध्यक्ष प्रचण्डले जनता र राष्ट्रको हितमा हुन लागको बाम एकतालाई कसैको तागतले पनि रोक्न नसक्ने दाबी गरे । आगामी निर्वाचन पछि बुर्जुवा प्रजतान्त्रको युग सकिने र समाजवादी युगमा मुलुक प्रवेश गर्ने उनले बताए । अगुवा नेता कार्यकर्तालाई निर्देशन दिर्दै प्रचण्डले भने ‘म र केपीजी देशब्यापी दौडाहामा निस्कदैछौं, तपाईहरु जनतालाई मुलुकको समृद्धिका लागी हामीले चालेको यो ऐतिहासिक योजनावारे बुझाउन दिनरात नभनी खट्नुहोला ।’ नेपाली काँँग्रेस र राप्रपा भित्र रहेका केही ईमान्दार मान्छेहरुले पनि बाम गठबन्धनलाई अन्तरहृदयदेखि स्वागत र स्विकार गरेको प्रचण्डको भनाई थियो ।

कार्यक्रममा एमाले स्थायि कमिटि सदस्य सुरेन्द्र पाण्डेले चितवनमा ९ वटै सिटमा यसपटक बाम गठवन्धनका उमेदवारहरुले जीत हासिल गर्ने दाबी गरे । मंशिर ५ को आमसभामा भरतपुरमा एकलाख भन्दा बढी जनता उत्रने पाण्डेको भनाई थियो । भरतपुरमा हुने आमसभाले देशभर जनतामा थप उर्जा पैदा गर्ने उनले बताए ।

सो कार्यक्रममा बामगठवन्धनको चुनावी परिचालनवारे क्षेत्र नम्वर १ को जेएन थपलिया, २ को केशवलाल श्रेष्ठ र ३ को सुर्य सुवेदीले समिक्षात्मक अवस्थावारे जानकारी गराएका थिए । सो क्रममा उनीहरुले तीनै क्षेत्रमा बाम गठवन्धनको पक्षमा दिनानुदिन जनमत बढ्दै गएको जनाए । बाम गठबन्धन संयुक्त परिचालन समिति चितवनका अध्यक्ष अमिक शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा एमाले र माओवादी केन्द्रका जिल्ला तहका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित