सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

एयरपोर्ट चकिङमा यस्ता लाजमर्दो स्थितिबाट गुज्रिनु पर्छ यात्रुहरु

दैनिक नेपाल २०७४ कार्तिक २७ गते १४:५३

एजेन्सी । एयरपोर्टमा हुने चेकजाँच सुरक्षाका विभिन्न तवरले अत्यन्त आवश्यक प्रकृया हो । तर यस्ता चेकजाँचका क्रममा यात्रुहरुको सबै अंगहरुको निरीक्षण गरिने भएकाले यात्रुहरुले लाज मान्ने गरेको पाइन्छ ।

यस्तो केही यात्रुहरुको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ, जो एयरपोर्टमा चेकजाँचको क्रममा लाजमर्दो स्थितिबाट गुज्रिनु परेको थियो । तर एयरपोर्ट अधिकारीहरुको कुरालाई मान्ने हो भने यो एउटा नियमित र अत्यवश्यक प्रकृया हो । यसको उद्देश्य यात्रुलाई लाजमर्दो स्थितिबाट गुज्रिनु पर्ने अवस्थाको सिर्जना गर्नु नभइ सुरक्षाको ग्यारेण्टीको लागि हो । ठूला ठूला ओहोदाका व्यक्तिहरुलाई पनि यो प्रकृया भएरनै जानुपर्ने हुन्छ ।

भाइरल भएका अधिकांश तस्विरहरु अमेरिकाको एयरपोर्टमा खिचिएका हुन् । अमेरिका जस्तो बेला बेलामा आतंकवादी हमलाको निशानामा पर्ने राष्ट्रहरुमा एयरपोर्टलाई निकै नै संवेदनशील क्षेत्रको रुपमा लिने गरिन्छ । अमेरिकामा सेप्टेम्बर ११ को हमलापछि सुरक्षा निकै कडा गर्ने गरिन्छ । अमेरिकाको ट्रान्सपोर्टेशन सेक्युरिटी एडमिनिष्ट्रेशन (TSA)ले हवाई यात्रुहरुको कपडासमेत फुकालेर सुरक्षा चेकजाँच गर्ने गर्दछन् । जुनसुकै उच्च ओहोदाको व्यक्ति, राजनीतिक नेता, अथवा सेलेब्रेटी सबैले यो चेकजाँच भएर नै जानुपर्ने हुन्छ ।

महिलाको चेकजाँच महिला सुरक्षाकर्मीले नै

भाइरल भएका तस्विरहरुलाई देखाएर मानिसहरुले सुरक्षा चेकजाँचको नाम अनावश्यक छुने गरेको टिप्पणी गरिएको छ । तर फोटो हेर्दा यो स्पष्ट छ कि एक महिला यात्रुको चेक महिला सुरक्षाकर्मीले नै गरेकी छिन् । त्यसरी नै पुरुष यात्रुको जाँच पुरुष सुरक्षाकर्मीले नै गर्ने गर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित