शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

विज्ञानका अनुसार यी महिलाको फिगर हो संसारकै उत्कृष्ट, यस्तो छ लुक

दैनिक नेपाल २०७४ कार्तिक २७ गते १३:२१

एजेन्सी । टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको एक अनुसन्धानका अनुसार बेलायती मोडल केली ब्रुकको शारीरिक बनावट विश्वमै उत्कृष्ट मानिएको छ । उनका अुनसार केली न त दुब्ली छिन्, न त मोटी । उनको शरीरको हरेक अंग पूर्ण रहेको सो अध्ययनले देखाएको छ ।

कसरी गरियो अनुसन्धान?

वैज्ञानिकहरुले यो अनुसन्धान गर्नुभन्दा पहिले एक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणमा सहभागीहरुलाई महिलाको आकर्षक शरीर हुनको लागि चाहिने मापनको बारेमा सोधिएको थियो । सहभागीहरुले महिलाको उचाई, कपालदेखि लिएर तौल, अनुहारको बनावट तथा हिप्ससम्मका मापनको बारेमा बताएका थिए । मानिसहरुका यिनै जवाफका आधारमा वैज्ञानिकहरुले एक आधारभुत मापदण्ड तयार पारे । त्यसै मापदण्डको आधारमा अध्ययन गर्दा केली संसारकै उत्कृष्ट फिगर अर्थात शारीरिक बनावट भएकी महिला पाइएकी हुन् ।

के थियो परफेक्ट फिगरको मापदण्ड?

टेक्सास युनिभर्सिटीको अनुसन्धानका अनुसार परफेक्ट फिगर भएकी महिला बन्नको लागि केही खास मापदण्डमा उत्कृष्ट हुन आवश्यक छ । जस्तै महिलाको उचाई १ दशमलव ६८ मीटर अर्थात ५ फिट ५ इन्च हुन आवश्यक छ । महिलाको छाती, मम्मर र नितम्ब (हिप)को मापन ९९–६३–९१ हुनुपर्छ ।

 

प्रतिक्रिया
सम्बन्धित