सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

डिसीमा नेपाल संवत् ११३८ मनाइयो

दैनिक नेपाल २०७४ कार्तिक २७ गते ८:३५

– विजय थापा
अमेरिका । नेवाः अर्गनाइजेसन अफ अमेरिका (एनओए)ले गत नोवेम्बर ११ तारिख मेरिल्याण्डमा नेपाल सम्बत ११३८ सफलता पूर्वक सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बबिता प्रधान श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की रहेका थिए । वर्ल्ड नेवाः अर्गनाइजेसनका सभापति सिजन श्रेष्ठको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा डिसी क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । अध्यक्ष बबिता प्रधान श्रेष्ठले सबै अतिथिहरूलाई बिशेष धन्यावाद दिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित