सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

पुनर्निर्माण कार्यलाई तिव्रता दिन सिइओ भुसालको निर्देशन

दैनिक नेपाल २०७४ कार्तिक २७ गते ७:५७

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कतिपय गाँउपालिका तथा नगरपालिकाहरुले भूकम्प पीडितहरुलाई दोस्रो वा तेस्रो किस्ता रकम लिन जाँदा बनिसकेका घरको नक्सा सम्बन्धी बिषयमा अफ्ठेरो पार्ने गरिएको गुनासो आएको भन्दै सहजीकरण गर्न निर्देशन दिएको छ ।

भूकम्पपछिको पुनर्निर्माणलाई तिव्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतवार बोलाएको स्थानिय तहका प्रतिनिधी सँघहरु तथा विभिन्न सरोकारवाला निकायसहितको बैठकले यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको बैठकले बनिसकेका घरको नक्शा सम्बन्धी बिषयमा आएका अफ्ठेरालाई स्थानीय तहकै सम्बन्धित गाँउपालिका र नगरपालिकाहरुले सहजीकरण गरी फरफारकमा सघाउ पुगाउन निर्देशन दिएको हो ।

वैठकले निजी आवास निर्माणमा ठुलो संख्यामा सिकर्मी तथा डकर्मी परिचालन गर्नुपर्ने देखिएकाले तालिम प्रदान गर्ने विभिन्न निकायसँग छलफल गरि आगामी पुस मसान्तभित्रै सवै तालिम सम्पन्न गर्ने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ ।

यसैगरी बैठकले भूकम्प अतिप्रभावित १४ जिल्लाहरुको प्रत्येक गाँउपालिका तथा नगरपालिकाको प्रत्येक वडामा कम्तीमा १ जना प्राविधिक इन्जिनियर, सब इन्जिनियर, असिस्टेण्ट सब इन्जिनियर, कम प्रभावित १७ जिल्लामा लाभग्राहीको संख्या अनुसार पर्याप्त हुने गरि प्राविधिक खटाउने व्यवस्था मिलाउन शहरी बिकास मन्त्रालय अन्र्तगतको केन्द्रिीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएको छ ।

त्यसका लागि एक प्राविधिकलाई बढीमा ५ सय लाभग्राही हेर्ने परिचालन गराउन भनिएको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले जानकारी दिनुभयो ।

बैठकमा सिइओ भूसालसहितका प्राधिकरणका पदाधिकारी र शहरी बिकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख तपेन्द्रबहादुर खड्का, स्थानिय बिकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका नारायण श्रेष्ठ, नगरपालिका संघका कुलनिधी देवकोटा, गाँउपालिका महासंघका बिमल पोखरेल लगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया
सम्बन्धित