शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

क्याटलोनियालीद्वारा नेताको रिहाइको माग गर्दै प्रदर्शन

दैनिक नेपाल २०७४ कार्तिक २७ गते ६:२८

बार्सीलोना, २७ कात्तिक । स्वतन्त्रता पक्षधर क्याटलोयिाली नेताहरुलाई स्पेनले नियन्त्रणमा लिएको विरोधमा लाखौँ क्याटलोनियाली जनताले बार्सिलोनामा प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

स्वतन्त्रताको पक्षमा जनमतसंग्रहको परिणाम आएपछि क्याटलोनियाको क्षेत्रीय संसदले स्वतन्त्रताको पक्षमा मतदान गरेको र यसै निर्णयलाई अधार बनाई क्षेत्रीय सरकारले क्याटोलोनियालाई स्वतन्त्र घोषणा गरेको थियो । लगत्तै स्पेनले क्षेत्रीय सरकारलाई निलम्बन गरी प्रत्यक्ष शासन शुरु गरेको थियो ।

क्याटलोनियाका आठजना क्षेत्रीय मन्त्री र दुईजना लोकप्रिय अभियानकर्ताहरुको रिहाइको माग गर्दै प्रदर्शनकारीले सूर्यास्तका बेला मोबाइल फोनको टर्च बाली विरोध जनाएका थिए । स्पेन सरकारले पक्राउ परेका केही नेताहरुको नाम आगामी महिना हुन लागेको चुनावका लागि एउटा पृथकतावादी पार्टीको सूचीमा समावेश गर्ने तयारी गरेको छ ।

यसैबीच स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले आइतवार बार्सिलोनाको भ्रमण गरी आफू निकट नेताहरूलाई भेट्ने तथा स्थानीय प्रशासनलाई निर्देशन दिने तयारी गर्नुभएको छ ।

मड्रिडको कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन स्वेच्छाले निर्वासनका लागि बेल्जियम जानुभयो भने उहाँका उच्च साझेदारहरुमाथि मुद्दा चलाइएको छ । – एपी

प्रतिक्रिया
सम्बन्धित