शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

एड्सका कारण डोटीमा १११ जनाको मृत्यु

दैनिक नेपाल २०७४ कार्तिक २६ गते १८:४६

–झलक पाली

डोटी, २६ कात्तिक । एचआईभी/एड्सका कारण डोटीमा हालसम्म एक सय एघार जना मानिसको मृत्यु भएको छ । डोटी जिल्लाकै इतिहासमा आर्थिक वर्ष २०७३/७४ सम्ममा एचआईभी/एड्सका कारण सो संख्यामा मानिसले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिष बिष्टले जानकारी दिए ।

आर्थिक वर्ष २०७१/७२ मा एचआईभी/एड्सका कारण मृत्यु हुनेको संख्या ८७ थियो भने आर्थिक वर्ष २०७२/७३ मा ९४ जना पुगेको थियो । जिल्लामा जम्मा ९ सय ३१ जना एचआइभी संक्रमितको संख्या रहेकोमा त्यसमध्ये ७ सय १५ जनाले एआरटी सेवन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक गिरिस अवस्थीले जानकारी दिए ।

आर्थिक वर्ष २०७१/७२ मा एआरटी सेवन गर्नेको संख्या ४ सय ३१ थियो भने आर्थिक वर्ष २०७२/७३ मा आएर ५ सय १२ जना पुगेको थियो । डोटीमा खासगरी कामको शिलशिलामा भारत जाने पुरुषहरुमा एचआईभीको संक्रमण देखिने गरेको छ । उनीहरुबाट तिनका श्रीमतीहरुसमेत संक्रमण सर्ने गरेको र संक्रमित आमाबाट जन्मेका सन्तानहरुमा नयाँ संक्रमण बढी पाईएको अस्पतालले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित