सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

यू–१९ क्रिकेटः नेपालले हरायो भारतलाई

दैनिक नेपाल २०७४ कार्तिक २६ गते १५:०८

काठमाडौं, २६ कात्तिक । मलेसियामा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ ।

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक सहित सर्वाधिक ८८ रनको मद्दतमा नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो ।

क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा नेपालले टस हार्दै पहिले ब्याटिङ गरेको नेपालले कप्ताान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङको मादतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनायो ।

१८६ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिंगमा आएको भारतलाई नेपाली बलरले ४८.१ ओभरमा सबै विकेट लिएर १६६ रनमा रोके ।

प्रतिक्रिया
सम्बन्धित