सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

धेरै चिया पिउँदा हुन सक्छ क्यान्सर

दैनिक नेपाल २०७४ कार्तिक २६ गते १४:३६

एजेन्सी । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार धेरै चिया पाउनाले क्यान्सर जस्तो गम्भीर रोगको सम्भावना बढन् जान्छ । त्यसको अलावा पनि धेरै चिया पिउनाले शरीरमा अन्य असरहरु गर्न सक्छ । त्यसकारण चिकित्सकहरुले दिनमा तीन कपभन्दा बढि चिया पिउन नहुने बताउँछन् ।

चिया बनाउँदा यी कुराहरुमा ध्यान दिनुहोस्ः

— चिया पत्ती, दुध र चिनी एकै साथ हालेर चिया पकाउनु हुँदैन । पहिला पानी उमाल्ने । त्यसपछि चिया पत्ती हाल्ने । अन्तमा दुध हाल्ने ।
— चियाको लागि पानी एकपटक मात्रै उमाल्दा हुन्छ । ३ मिनेटभन्दा बढि पानी उमाल्दा पानीमा अक्सिजनको कमी हुन्छ । त्यसले चियाको स्वाद बिग्रन्छ ।
— चियाको पत्तीलाई सधै उम्लीरहेको पानीमा मात्रै हाल्नुपर्छ । यसबाट चियाको स्वाद र रंग दुवै राम्रो हुन्छ ।
— आधा घण्टाभन्दा बढि राखिएको चिया पिउनु हुँदैन । यसबाट इनडाइजेशन (Indigestion) हुनसक्छ ।

चिया पिउँदा स–साना बच्चालाई हुने असर

अमेरिकन एकेडेमी अफ पेडियट्रिक्स (American Academy of Pediatrics)ले गरेको अध्ययनका अनुसार चिया पिउँदा स–साना बच्चाहरुको शरीरमा यस्ता नकरात्मक असर पर्न सक्छः

— यसमा भएको क्याफेन (Caffeine)ले मस्तिष्कको क्षमता कमजोर बनाउँछ ।
— यसमा चिनी हुन्छ । धेरै चिया पिएमा बच्चाहरुको दाँत खराब हुन सक्छ ।
— यसबाट बच्चाको शरीरमा क्याल्सियम पूर्ण रुपमा अब्जर्ब हुन पाउँदैन । जसको कारणले हड्डी कमजोर हुनजान्छ ।
— यसमा भएको क्याफेनका कारण बच्चाहरुमा इनडाइजेशन हुन सक्छ । यसबाट पेटको समस्या बढ्छ ।

यी हुन् अत्याधिक चिया पिउँदा हुने हानीहरुः

१. धेरै तातो चिया पिउँदा मुख र पेट जोड्ने नलीलाई असर गर्छ । यसबाट क्यान्सर पनि हुन सक्छ ।

२. चियामा फ्लोराइड हुन्छ । धेरै चिया पिएको खण्डमा हड्डी कमजोर हुन्छ ।

३. धेरै चिया पिएमा पटकपटक पिसाब लाग्छ । यसबाट सोडियम, पोटासियम जस्ता खनिजहरु पनि शरीरबाट निक्सन्छ । जसबाट कमजोरी बढ्छ ।

४. चियामा टेनिन, टायलिन हुन्छ । यसबाट इनडाइजेशन हुन सक्छ । र पेटको समस्या बढ्न सक्छ ।

प्रतिक्रिया
सम्बन्धित