सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

यसरी गर्न सकिन्छ ओठ फुट्ने समस्याको समाधान

दैनिक नेपाल २०७४ कार्तिक २६ गते ७:४०

काठमाडौं । ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन् । यसो गर्दा केही सन्चो भए जस्तो लाग्छ । थुक सुकेपछि पहिलेको ओठ अझ बढी सुख्खा हुन्छ ।

बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुन जान्छ । विशेषगरी बालबालिकामा यो समस्या देखापर्ने भए पनि वयस्कहरुमा पनि उत्तिकै देखिन्छ ।

ओठले सुन्दरतालाई बढाउने काम गर्छ । ओठ फुटेको छ भने त्यसले सुन्दरतालाई घटाउने काम गर्छ । यतिबेला पहाडी जिल्लामा बिस्तारै चिसो बढिरहेको छ ।

–ओठ फुट्नबाट रोक्न र कम गर्न ओठलाई सुख्खा राख्नु हुँदैन । यसमा मोस्चराइजर र भिटामिन ई भएको लिपबाम र लिपिस्टिक लगाउनु पर्छ । पानी बढी पिउनु पर्छ । भिटामिन ईको मात्रा बढी भएका फलफूल खानुपर्छ ।

–फुटेको ओठलाई ठीक गर्न राति सुत्नुअगाडि नरिवलको तेललाई ओठमा लगाएर सुत्नुपर्छ । यसले ओठलाई नरम बनाउँछ ।

–फुटेको ओठलाई ठीक गर्न बेकिङ सोडालाई पानीमा मिसाएर पेस्ट बनाई ओठमा लगाउनु पर्छ । त्यो पेस्ट ३ मिनेटसम्म राखी सुख्न दिनुपर्छ । त्यसपछि मात्र सफा पानीले सफा गर्नुपर्छ ।

–ओठमा जैतुनको तेल लगाउनाले पनि फुटेको ओठ ठीक हुन्छ ।

–राति सुत्नुअगाडि ओठमा दूधको तर लगाएर सुत्नुपर्छ, यसले फुटेको ओठलाई ठीक गर्छ ।

–राति सुत्नुअगाडि ग्लिसरिनमा कागती र गुलाबजल हालेर ओठमा लगायो भने फुटेको ओठ निको हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित