शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

कार्निभल गर्ल्समा ज्ञानोदय र इनोभेटिभको जित

दैनिक नेपाल २०७४ कार्तिक २६ गते ६:४९

काठमाडौं, २६ कात्तिक । आयोजक ज्ञानोदय र इनोभेटिभले २४ औं ज्ञान कार्निभलअन्तर्गत गर्ल्स बास्केटबलमा शनिबार जित हात पारेका छन् ।

ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई ५६–१५ को फराकिलो अन्तरले पराजित ग-यो । विजेताकी रोनिका मल्लले १५ अंक जोडिन् । रोजिना गिरीको १४ अंक सहयोगमा इनोभेटिभले काभ्यालाई २८–८ ले हरायो ।

अन्य खेलमा मल्पीले सुदेशालाई ४२–२ तथा रिलायन्सले श्रीदिवालाई ३३–१३ ले पन्छाए । मल्पीकी इशिका ढकालले १२ तथा रिलायन्सकी रिना भण्डारीले १३ स्कोर गरे ।

ब्वाइज बास्केटबलमा इनोभेटिभले मल्पीलाई ७३–५१, डेनेबले भानुभक्तलाई ४८–१९ तथा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ५८–४२ ले निराश पारे । जितमा इनोभेटिभका आयुश लामाले ४२, डेनेबका विप्लोव राणाले १५ र ज्ञान निकेतनका सम्राट भूमिले ३१ अंक योगदान गरे ।

कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा पुष्पसदनले ज्ञान निकेतनलाई ६–०, सुदेशाले शुभतारालाई २–०, मल्पीले एलएलाई २–० तथा श्रीकुलले इनोभेटिभलाई १–० गोलले हराए ।

प्रतिक्रिया
सम्बन्धित