सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

तालिवान कमान्डरसहित ३५ जनाको सुरक्षा कारबाहीमा मृत्यु

दैनिक नेपाल २०७४ कार्तिक २६ गते ६:१०

अफगानिस्तान, २६ कात्तिक । अफगानिस्तानको पूर्वमा रहेको कपिसा प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्युभएको यहाँको सेनाले जनाएको छ ।

पूर्वी क्षेत्रका सैनिक प्रवक्ता शिर अका फकिरीले शनिबार दिएको जानकारी अनुसार कपिसाको तगाव जिल्लामा तालिवानले आश्रयस्थल बनाउदै आएको क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरी उनीहरूको गढ भत्काइएको थियो ।

“कारबाहीमा उक्त क्षेत्रका प्रभावशाली तालिवान कमान्डर कारी एहसनुल्लासहित ३५ जना लडाकूको मृत्यु भएको छ,” फकिरीले भन्नुभयो ।

यस कारबाहीमा भएको तालिवानी समूहतर्फको क्षतिबारे तालिवानी पक्षबाट कुनै प्रतिक्रिया आएको छैन । – सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित