शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

रोल्पामा यसरी एम्बुसमा परे वर्षमान पुन, विप्लवका कार्यकर्ताले फायर खोलेपछि…

दैनिक नेपाल २०७४ कार्तिक २५ गते १३:००

रोल्पा, २५ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता एवं वाम गठबन्धनका तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनमाथि आक्रमण भएको छ ।

रोल्पाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा विप्लवमा कार्यकर्ताले माओवादी नेता पुनसहित वाम गठबन्धनका उम्मेदवार चढेको गाडीमा माइन बिस्फोट गराउँदै एम्बुसमा पारेका हुन् । विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । उम्मेदवार भने सकुशल छन् ।

वर्षमानसँगै गाडीमा माओवादीकी समानुपातिक उम्मेदवार जयपुरी घर्ती, एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपाति उम्मेदवार ईश्वर घर्ती र माओवादी तर्फका समानुपातिक उम्मदेवार दीपेन्द्र पुन सिजल थिए ।

स्रोतका अनुसार गाडीमा माइन विस्फोट लगत्तै सडक छेउमा लुकेर बसेका विप्लवका कार्यकर्ताले गाडीतर्फ फायरिङ समेत गरेका थिए । लगत्तै उम्मदेवारको सुरक्षामा रहेको सुरक्षाकर्मीको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेका थिए ।

माइन बिस्फोट हुँदा दुईवटा गाडीमा सामान्य क्षति भए पनि गाडीमा रहेका सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यद्यपी एम्बुसमा परेका माओवादी नेता पुनले वाम गठबन्धनका उम्मदेवारहरुको हत्या गर्ने उद्देश्यले शक्तिशाली माइन विस्फोट गराइए पनि गाडीमा सामान्य क्षति भएको र आफूहरु सकुशल रहेको जानकारी दिए ।

शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित