सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

टपलेस फोटोसुटका कारण इशा गुप्तालाई भयो ठूलो नोक्सान

दैनिक नेपाल २०७४ कार्तिक २३ गते १३:४७

  मुम्बई । एक म्यागेजिनका लागि खिचाएको बोल्ड फोटोका कारण नायिका इशा गुप्ता समाचारका हेडलाइन बन्न पुगिन् । इशाको यो निकै सनसनीपूर्ण तथा सेक्सी अवतार सामाजिक सञ्जालमा सबैभन्दा बढि चर्चा गरिएको विषयमध्येको एक बनेको छ । फोटोसुटमा उनले बिकिनी लगाएकी थिइन् भने कतिपय फोटोमा उनी टपलेस पनि थिइन् ।

तर इशाका यी तस्विरका कारण इशा जति लाइमलाइटमा आइन् त्यति नै विवाममा पनि तानिइन् । यीनै बोल्ड फोटोका कारण इशालाई ठूलो नोक्सानी भएको समाचारहरुमा बताइएको छ । इशाले यसैको कारण एउटा ठूलो अवसर पनि गुमाउन पुगेकी बताइएको छ ।

इशाको एउटा अनलाई पोर्टल ब्राण्डसँग सम्झौताका लागि कुरा भइरहेको थियो । त्यो सम्झौता इशाले लगभग फाइनल पनि गरिसकेकी थिइन् । तर खवरहरुका अनुसार इशाको बोल्ड फोटोसुट सम्बन्धी भएको विवादपछि सो ब्राण्डले इशालाई साइन नगर्ने निर्णय गरेको छ । किनकी उनीहरुलाई लाग्छ की यसबाट ब्राण्डलाई नोक्सान हुने सक्नेछ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित