सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

बाबुरामका कारण कांग्रेसलाई समस्या, भयो यस्तो विवाद

दैनिक नेपाल २०७४ कार्तिक ५ गते १०:२७

काठमाडौं, ५ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले प्रतिनिधि सभामा उम्मेदवार पाउनु पर्ने दाबी नछोडेपछि कांग्रेसले रसुवामा उम्मेदवार आइतबार बिहानसम्म छान्न सकेको छैन ।

कांग्रेसले बाबुरामलाई गोरखा– २ मा सघाउने निर्णय गरिसकेको छ । गत स्थानीय निर्वाचनमा एक गाउँपालिका जितेको नयाँ शक्तिलाई रसुवामा पनि सघाउनु पर्ने बाबुरामको अडानले कांग्रेसले उम्मेदवार छान्न नसकेको हो ।

कांग्रेसका एक नेताले सोही विषयमा बाबुरामसँग अहिले छलफल चलिरहेको बताए ।
रसुवाबाहेक पहिलो चरणमा चुनाव हुने अन्य ३१ जिल्लामा भने कांग्रेसले शनिबार साँझ नै उम्मेदवार टुंग्याइसकेको नेता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले पहिलो चरणमा गोरखा– २ मा बाबुुरामको नयाँ शक्तिलाई सघाउने निर्णय गरिसकेको छ। नयाँशक्तिले गोरखा– १ मा कांग्रेस उम्मेदवार चिनकाजी श्रेष्ठलाई सहयोग गर्नेछ ।

दुई पार्टीबीच गोरखाका ४ प्रदेश सभा सिटमध्ये एउटा नयाँ शक्ति र बाँकी तीनमा कांग्रेसले उम्मेदवार बनाउने सहमति पनि बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित