सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

बैतडीमा प्रमुख दलहरूले उम्मेदवार चयन गरे

दैनिक नेपाल २०७४ कार्तिक ४ गते १६:०५

बैतडी, ४ कात्तिक । पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि बैतडीका मुख्य राजनीति दलका तर्फबाट उम्मेद्वारको टुंगो लागेको छ ।

प्रदेश सभाका लागि एमाले र माओवादी केन्द्रका तर्फबाट एक एक जना तथा प्रतिनिधि सभाका लागि एमाले उम्मेदवारलाई छनोट गरिएको छ ।

प्रतिनिधि सभाका लागि एमालेका दामोदर भण्डारीलाई तथा प्रदेश सभाअन्तर्गत क्षेत्र नं १ बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट (आदित्य) र क्षेत्र नं २ बाट एमालेका लीलाधर भट्टलाई उम्मेदवार छनोट गरिएको नेकपा एमाले बैतडीले जनाएको छ ।

यसैगरी, नेपाली कांग्रेसले राप्रपासँग गठबन्धन गरेर उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधि सभाका लागि कांग्रेसबाट नरबहादुर चन्द तथा प्रदेश सभाका लागि क्षेत्र नं १ बाट कांग्रेसका हरिमोहन भण्डारी र क्षेत्र नं २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दलाई उम्मेदवार छनोट गरिएको नेपाली काँग्रेस बैतडीले जनाएको छ । – रासस

प्रतिक्रिया
सम्बन्धित