शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

रुपन्देहीमा २६ जना जुवाडे पक्राउ, नौ लाख रुपियाँ बरामद

दैनिक नेपाल २०७४ कार्तिक ४ गते १४:२२

बुटवल, ४ कात्तिक । रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनीष अधिकारीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले आज बिहान छापा मार्दा २६ जनाको जुवाडे समूहलाई पक्राउ गरेको छ ।

खानतलासी गर्दा उनीहरुबाट रु नौ लाख ४६ हजार १९५ सहित कौडा १६ थान र तास बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो । – रासस

प्रतिक्रिया
सम्बन्धित