सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

यसरी भयो एमाले-माओवादीबीच प्रदेश र केन्द्रको सिट बाँडफाँट (नामावलीसहित)

दैनिक नेपाल २०७४ कार्तिक ३ गते ११:५१

काठमाडौं, ३ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनमा आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सीट बाँडफाँड भएको छ ।

गठबन्धनमा पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको प्रतिनिधि र प्रदेश सभाको सीट बाँडफाँटको टुंगो एमाले र माओवादीको सयुक्त कार्यदलले लगाएको हो ।

६०/४० का आधारमा भएको भागवण्डाअनुसार पहिलो चरणमा हुने प्रतिनिधिसभा तर्फका ३७ सिटमध्ये एमालेले २१ र माओवादीले १६ सिट पाएको छ ।

त्यस्तै प्रदेशसभातर्फ ७४ सिटमध्ये एमालेलाई ४१, माओवादीलाई ३३ भागमा परेको छ ।

केन्द्रमा एमालेले पाएका सिट:

१, ताप्लेजुङ
२, पाँचथर
३, संखुवासभा
४, ओखलढुंगा
५, खोटाङ
६, दोलखा
७, रसुवा्
८, सिन्धुपाल्चोक २
९, नुवाकोट २
१०, धादिङ १
११, धादिङ २
१२, मनाङ्ग
१३ मुस्ताङ्ग
१४ म्याग्दी
१५ बाग्लुङ्ग १
१६, डोल्पा
१७ बझाङ
१८, मुगु
१९, बाजुरा
२०, बैतडी
२१, दार्चुला

माओवादीले पाएका सिट:

१, भोजपुर
२, सोलुखुम्बु
३, रामेछाप
४, सिन्धुपाल्चोक १
५, नुवाकोट १
६, लमजुङ
७, गोरखा १
८, गोरखा २
९, बागलुङ २
१०, रुकुम पूर्व
११, रोल्पा
१२, जुम्ला
१३, कालिकोट
१४, हुम्ला
१५, जाजरकोट
१६, रुकुम पश्चिम

यता, ३२ जिल्लाका ३७ वटा प्रतिनिधिसभा सिटमा २१\१६ को भागबण्डा गरका दुई दलले प्रदेशसभाका ७४ सिटमा भने ४१\३३ को भागबण्डा गरेका छन् । प्रदेश सभामा भने एमालेले भोजपुर, सोलुखुम्बु, रामेछाप लगायतका जिल्ला आफ्नो भागमा पारेको छ ।

प्रदेश सभा:

एमाले 

ताप्लेजुङ (क), पाँचथर (क), संखुवासभा (ख), भोजपुर (क) र (ख), सोलुखुम्बु (क) र (ख), ओखलढुंगा (क), खोटाङ (क), दोलखा (ख), रामेछाप (क) र (ख), रसुवा (क), सिन्धुपाल्चोक १ (ख), २ (ख), नुवाकोट १ (ख), लम्जुङ (क) र (ख), धादिङ १ (क), २ (क), मनाङ (क) र (ख), मुस्ताङ (क) र(ख), म्याग्दी (ख), गोरखा १ (ख), बाग्लुङ १ (क), २ (ख), डोल्पा (क), जुम्ला (ख), कालीकोट (क), जाजरकोट (क) र (ख), मुगु (क) र (ख), बझाङ (क), बाजुरा (क) र (ख), बैतडी (ख) र दार्चुला (क)

माओवादी

ताप्लेजुङ (ख), पाँचथर (ख), संखुवासभा (क), ओखलढुंगा (ख), खोटाङ (ख), दोलखा (क), रसुवा (ख), सिन्धुपाल्चोक १ (क), २ (क), नुवाकोट १ (क), धादिङ १ (ख), २ (क), गोरखा १ (क), २ (क) र (ख), बाग्लुङ १ (ख), २ (क), म्याग्दी (क), रोल्पा (क) र (ख), रुकुम पूर्व (क) र (ख), रुकुम पश्चिम (क) र (ख), डोल्पा (ख), जुम्ला (क), कालीकोट (ख), हुम्ला (क) र (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला (ख)

प्रतिक्रिया
सम्बन्धित