शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

एमाले र माओवादीको सिट बाँडफाँट: माओवादीले कति सिट पाउने भयो ?

दैनिक नेपाल २०७४ कार्तिक २ गते २१:२४

काठमाडौँ, २ कात्तिक । आगामी चुनावका लागि तालमेल गरेका नेकपा एमाले र माओवादीबीच सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ ।

प्रदेश नम्बर ७ र ६ को करिब करिब टुंगिएको छ भने अन्य प्रदेशको पनि टुंगने क्रममा छ । अहिलेसम्मको समझदारी अनुसार माओवादीले प्रतिनिधिसभाको प्रत्यक्ष १६५ सिटमध्ये ५६ सिट पाउने सम्भावना देखिएको छ । केही निर्वाचन क्षेत्रको टुंगो लगाउन बाँकी रहेकाले शुक्रबार बिहानसम्म एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सम्मिलित बैठकले टुंगो लगाउने एक नेताले जानकारी दिए ।

यद्यपि सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रदेश नम्बर ६ र ७ को भने सिट टुंगो लगाएको छ । प्रदेश नम्बर ७ मा एमालेले मुख्यमन्त्री पाउने गरी सिट बाँडफाँट गरिएको छ । यसैगरी, प्रदेश नम्बर ६ मा प्रतिनिधिसभाको प्रत्यक्ष १२ सिटमध्ये एमाले र माओवादीले आधा आधा बाँडेका छन् । प्रदेशको प्रत्यक्षतर्फ भने एमालेले १४ र माओवादीले १० सिट पाएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित