सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

डडेल्धुरामा देउवालाई हराउन वाम गठबन्धनले अघि सार्यो साझा उम्मेदवार, जित्लान त ?

दैनिक नेपाल २०७४ कार्तिक २ गते १६:०४

डडेल्धुरा, २ कात्तिक । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट डडेल्धुरामा खगराज भट्ट उम्मेदवार बन्ने निश्चित भएको छ ।

वाम गठबन्धनअन्तर्गत प्रदेश नम्बर ७ मा भएको सीट बाँडफाँडमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा माओवादी केन्द्रका ‘क्रान्तिकारी’ नेता खगराज भट्टले टिकट पाउने निश्चित भएको हो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा अब भट्टले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई चुनावमा चुनौति दिनेछन् । भट्ट देउवासँग लगातार चुनाव हार्दै आएका छन् । यहाँ सम्मकी देशमा माओवादीको माहोल रहेको २०६४ सालको चुनाव समेत भट्टले देउवासँग हारेका थिए ।

तर, अब नतिजा उल्टिने रिपोर्टहरु आइरहेका छन् । डडेल्धुरामा देउवाकै दुईटा गुट हुनु, माओवादीका भट्टलाई एमालेको पनि साथले जित सहज भएको बताइन्छ । यद्यपी नतिजाका लागि केही समय कुर्नै पर्छ ।

प्रतिक्रिया
सम्बन्धित