शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

ईश्वर पोखरेलको चेतावनी- चुनाव सार्न खोजे देउवाको दुर्गति हुन्छ, एमाले चुप लागेर बस्दैन्

दैनिक नेपाल २०७४ कार्तिक १ गते १७:३९

काठमाडौं, १ कात्तिक । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकार निर्वाचन सार्ने षडयन्त्रमा लागेको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा रहेका महासचिव पोखरेलले बुधवार बुढानिलकण्ठ नगरपालिकामा आयोजित कार्यक्रममा जनताले प्रतिनिधि छान्ने चुनाव सार्ने वा टार्ने विषयको एमालेले सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।

चुनाव सार्न अनेक तानाबाना बुन्न थालिएको भन्दै यो षड्यन्त्रलाई आफ्नो पार्टीले सशक्त विरोध गरेर सफल हुन नदिने उनको भनाई थियो ।

यस्तै, पोखरेलले प्रधानमन्त्री देउवाले चुनाव सार्न खोजे दुगर्ति हुने चेतावनी समेत दिए । उनले चुनाव सार्ने षड्यन्त्र छोडेर विकास, समृद्धिका लागि नीति, योजना र कार्यक्रम बनाउनेतिर प्रतिस्पर्धा गर्न उनले कांग्रेसलगायत दलहरुलाई चुनौती पनि दिए ।

उनले आगामी चुनावमा जनताको हित र पक्षमा काम गर्ने पार्टी र उम्मेदवारहरुलाई जिताउन पनि आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित