शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

कांग्रेस नेतृ राईसहित ६ सय कार्यकर्ता एमालेमा प्रवेश, ओलीले गरे स्वागत

दैनिक नेपाल २०७४ कार्तिक १ गते १६:५४

काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसकी नेतृसहित ६ सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेस खोटाङका महासमिति सदस्य विमला राईसहित ६ सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादार लगाइदिएर पार्टी प्रवेश गराएका थिए ।

त्यसक्रममा अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकिइसकेको सन्दर्भमा निर्वाचनलाई सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउनु राज्यका सबै अंगहरुको दायित्व भएकोे बताए ।

कुनै पनि बहानामा निर्वाचन सार्ने वा प्रभावित पार्ने काम कसैबाट हुन नहुने उनको चेतावनी थियो ।

प्रतिक्रिया
सम्बन्धित