शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

ओली भन्छन्- सरकार चुनावबाट भाग्न खोजे एमालेले लखेटी लखेटी समातेर ल्याउँछ

दैनिक नेपाल २०७४ कार्तिक १ गते ११:२४

काठमाडौं, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्वाचन सार्ने षडयन्त्रमा लागेको बताएका छन् ।

बुधबार राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले निर्वाचन सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाको षडयन्त्र एमालेले सफल हुन नदिने चेतावनी दिए ।

‘सरकार चुनावबाट भाग्न लागेको छ,’ ओलीले चेतावनी दिँदै भने– ‘तर भागेर कहाँ जान्छौ, एमालेले लखेटी लखेटी पानी मुनी गएपनि समातेर ल्याउँछ ।’

प्रतिक्रिया
सम्बन्धित