सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

देउवाको व्यवहार सुध्रिएन, माओवादीले एक्सन लिन्छ : मन्त्री मण्डल

दैनिक नेपाल २०७४ कार्तिक १ गते ८:५४

काठमाडौं, १ कात्तिक । आपूर्ति मन्त्रीबाट सिधै विनाविभागीय मन्त्री बन्न पुगेका माओवादी केन्द्रका मन्त्री शिवकुमार मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मण्डलले प्रधानमन्त्री देउवाको व्यवहारमा कुनै सुधार नभएको बताए । ‘देउवामा सुधार आएको होला भनेको थिएँ । तर, कुनै सुधार भएको रहेनछ’, उनले भने, ‘देउवाका विरुद्ध माओवादीले एक्सन लिन्छ ।’

कुराकानीका क्रममा प्रधानमन्त्री देउवाविरुद्ध आपत्तिजनक शब्दहरू बोलेका मन्त्री मण्डलले माओवादी मन्त्रीहरूलाई विनाविभागीय बनाएर घटुवा गर्ने अधिकार संविधानले नदिएको दाबी गरे ।

‘हामीलाई घटुवा गर्न पाइन्छ ?’, मन्त्री मण्डलले रिसाउँदै भने, ‘हामी मन्त्रीबाट हट्दैनौँ । विनाविभागीय मन्त्री भएर सबै सेवासुविधा लिन्छौँ । यो राज्य हाम्रो पनि हो ।’

मन्त्री मण्डलले प्रधानमन्त्री देउवालाई व्यक्तिगत रुपमै अभद्र शैलीमा गालीगलौज गर्न थालेपछि पत्रकार धमलाले कुराकानी बीचमा रोक्नु परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित