मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तले आफ्ना बोल्ड तस्बिरहरू सार्वजनिक गरेर सबैलाई चकित तुल्याइ दिएकी छिन् ।
त्रिशालाले आफ्ना तस्बिरहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी हुन् । फोटोमा विभिन्न ह्यासट्याग गरी आफू दुब्लाएको भनी जानकारी दिएकी छिन् ।
त्रिशाला संजय दत्त र उनकी पहिलो पत्नी ऋचा शर्माकी छोरी हुन् । त्रिशाला अहिले फेसनको दुनियाँमा संघर्ष गरिरहेकी छिन् ।
सन् २०१४ मा उनले आफ्नो पहिलो ड्रिम ट्रेसेज एक्सटेन्सन लाइन सुरु गरेकी थिइन् । उनले न्यूयार्कको जोन जे कलेजमा क्रिमिनल जस्टिसबाट कानूनमा ग्रेजुएशन पनि गरिसकेकी छिन् ।
संजय दत्त र ऋिचा शर्माले सन् १९८७ मा विवाह गरेका थिए । त्रिशालाको जन्म सन् १९८८ मा भएको थियो । ब्रेन ट्युमरका कारण सञ्जय दत्तकी पहिलो पत्नी ऋचा शर्मा डिसेम्बर १० तारिख सन् १९९६ मा मृत्यु भएको थियो । आमाको मृत्युपछि त्रिशाला न्यूयोर्कमा आफ्नी फूपू एनासँग बस्दै आएकी छिन् । – एजेन्सी

