सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

८८ किलो सुन तस्करीका मुख्य नाइके पक्राउ, कांग्रेसको उम्मेदवार भएको खुलासा

दैनिक नेपाल २०७४ असोज ३० गते १७:०७

काठमाडौं, ३० असोज । राजधानीको क्षेत्रपाटीबाट गत भदौमा समातिएको ८८ किलो सुन तस्करीका मुख्य नाइके पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले रसुवाका मानबहादुर तामाङलाई सोमबार स्वयम्भुबाट पक्राउ गरेको हो ।

नेपाल–केरुङ व्यापार संघका अध्यक्षसमेत रहेका तामाङ आगामी मंसिरमा हुने प्रनिनिधिसभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेका युवा हुन् ।

महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले सुन तस्करी प्रकरणमा तामाङको पनि संलग्नता देखिन आएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।

गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो । यो प्रकरणमा प्रहरीले हाल सम्म नौ जनालाई पक्राउ गरि सकेको छ । जसमा तीन जना चालक मात्रै छन ।

प्रहरी स्रोतका अनुसार ८८ किलो सुनलाई नेपालतर्फ सबै व्यवस्थापन गरी सुरक्षित साथ राजधानी पुर्याउने टिमको नेतृत्व तामाङले गरेको अनुसन्धानमा खुलेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित