सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

प्रदेश र प्रतिनिधिसभामा युवा सहभागिता किन ?

सन्तोष सिलवाल ‘मोदनाथ’ २०७४ असोज २७ गते १६:३३

– सन्तोष सिलवाल ‘मोदनाथ’

परिभाषा

को हुन् युवा ? कसलाई भन्ने युवा ? संयुक्त राष्ट्रसंघका अनुसार १५–२४ उमेर समूहका व्यक्ति युवा हुन् । विश्व विकास प्रतिवेदन सन् २००७ का अनुसार १२ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिलाई युवा भनिएको छ । विश्व स्वास्थ्य संगठनले शारीरिक स्वास्थ्यको दृष्टिकोणमा १५ वर्षदेखि २९ वर्षसम्मका व्यक्तिलाई युवामा समावेश गरेको छ । बृहत नेपाली शब्दकोषका अनुसार युवा भनेका १६–४० वर्षको उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिङ्गीहरूलाई जनाउनेछ भनी उल्लेख गरिएको छ ।

युवालाई कुन आधारमा परिभाषित गर्ने भन्ने अर्को सवाल हो । हुन त जोश जागर र सृजनशीलतालाई पनि कुनै आधार मान्न सकिएला, तर त्यो भावनात्मक परिभाषा हो । भावनाले रुमानी साहित्यको विकास गर्ला तर युवाको र देशको गर्न सक्दैन । वास्तवमा युवा भनेको किशोरवस्था माथिको सामाजिक आर्थिक सास्ंकृतिक जिम्मेवारी बोध गर्ने सुरुवात गर्दैको र शारीरिक रुपमा परिपक्वता हासिल गरेको अवस्था हो, जवानीले नछाडेका र बुढ्याइँले नछोएका राष्ट्र र राजनीतिका प्रमुख अस्त्र हो र उन्नति र प्रगतिको मेरुदण्ड हो । त्यसैले युवा एउटा स्काभेटर हो । जसले छिनमा नै भत्काएर छिनैमा ठूलै उथलपुथल ल्याउन सक्ने क्षमता राख्दछ ।

इतिहासः

कुनै पनि खोलनाला र नदीहरुमा खेर गइहेको पानीमा बाँध बाँधेर विद्युत निकाले झैँ राष्ट्रमा खेर गइरहेको यो युवा शक्तिलाई संगठित पारि राष्ट्रिय विकासको अभियानमा समाहित गराउन सकेमा वास्तविक रूपमा मुलुकले काँचुली फेर्न समय लाग्दैन । किन कि युवा भनेकै ति व्यक्तिहरु हुन जो आफ्नो बल, विवेक, बुद्धि र श्रम प्रयोग गरेर देशको काँचुली फेर्न रमाउँछन् ।

चाहे इतिहासका पाना पल्टाएर हेरौँ या वर्तमानको खोज अनुसन्धान नै गरी हेरौँ राजनीतिक विकासक्रममा युवाको सहभागिता र युवावर्गले खेल्ने भूमिका उल्लेखनीय छ, अकाट्य छ । चाहे इङ्ल्याण्डबाट आरम्भ भएको औधोगिक क्रान्ति (Industrial Revolution) होस् वा रुसको अक्टुबर क्रान्ति (October Revolution) वा इट्लीमा श्रीगणेष भएको पूनर्जन्म युग (Renaissance Period) नै किन नहोस्, कुनै क्रान्ति छैन युवाको सहभागिता बिना सफल भएको, कुनै परिवर्तन छैन युवाको संलग्नता बिना पुर्णता प्राप्त गरेको । विश्वको उत्कृष्ट मानिएको अमेरिकाको संविधान लागू गर्नको लागि अथक भूमिका खेल्ने अगुवाहरु मुल रुपमा ३० वर्षे, ३६ वर्षे र ४२ वर्षे युवाहरु अलेक्जेन्डर हेमिल्टन, जेम्स मेडिसन थिए । विकसित देशहरुको आँकडा हेर्ने हो भने अमेरिकाको राष्ट्रपति हुँदा ओबामा ४० वर्षका थिए, डेविड क्यामरुन बेलायतका प्रधानमन्त्री हुँदा ४३ वर्षका थिए । नेपोलियन बोनापार्ट ३० वर्षमा फ्रान्सका सम्राट भएका थिए । क्युबाका नेता फिडेल क्यास्त्रो ३३ वर्षको उमेरमा राष्ट्रपति भएका थिए । उनीहरुले युवा विज्ञान र प्रविधिमा संलग्न भएर आधुनिक विकासमा क्रान्ति नै गरेका छन ।

नेपालको इतिहासलाई नियाल्ने हो भने पृथ्वीनारायण शाहले युवावस्थामै नेपाल एकीकरणको अभियान थालेका थिए । नेपालमा भएका परिवर्तनका प्रत्येक आन्दोलनमा युवाहरुको ९० प्रतिशत उपस्थिति रहेको छ । एकसय चार वर्ष सम्मको एकतन्त्रीय राणाशासनको अन्त्यका निम्ति २००७ मा पनि हाम्रा शहीदहरुले युवावस्थामै आफ्नो जीवनलाई कुर्वानी गरेका थिए । २००७ सालको होस् वा २०३६ को जनमत संग्रह होस् वा २०४७ को प्रजातान्त्रिक आन्दोलन होस् अथवा २०६२–६३ सालको जनआन्दोलन नै किन नहोस् युवावर्गले बगाएको रगतको योगदान नै सर्वोपरि रहेको छ । युवाकै समर्पण र त्यागले नै निर्माण गरेको छ नेपालको भूमि । प्रत्येक आन्दोलन चाँडै कम क्षतिमै निष्कर्षमा पुगेका छन् । त्यो सबै युवाहरुको उपस्थितिले गर्दानै सम्भव भएको हो । त्यसैले नेपाली युवाहरु आमूल परिवर्तनको लागि बेलाबेलामा भौतिक शरीरलाई तिलाञ्जली दिन जति तयार भएको इतिहासले पुष्टि गरिसकेको छ ।

वर्तमान अवस्थाः

विकसित देशहरुको आँकडा हेर्ने हो भने अमेरिकाको राष्ट्रपति हुँदा ओबामा ४० वर्षका थिए, डेविड क्यामरुन बेलायतका प्रधानमन्त्री हुँदा ४३ वर्षका थिए । नेपोलियन बोनापार्ट ३० वर्षमा फ्रान्सका सम्राट भएका थिए । क्युबाका नेता फिडेल क्यास्त्रो ३३ वर्षको उमेरमा राष्ट्रपति भएका थिए । उनीहरुले युवा विज्ञान र प्रविधिमा संलग्न भएर आधुनिक विकासमा क्रान्ति नै गरेका छन ।

नेपालको कुल जनसंख्याको आधाभन्दा बेसी शक्ति युवाले ओगटेको छ । जनसंख्याको तुलना गर्दा युवाको प्रतिनिधित्व अहिलेको संसदमा उल्लेखनीय हुनुपर्ने हो, तर नेपालको संसदमा युवाको प्रतिनिधित्व जम्मा १४ प्रतिशत मात्र रहेको छ । जुन सन्तोषजनक होइन र ४१ देखि ६० वर्षसम्मका सांसदको संख्या ६८ प्रतिशत रहेको छ । विडम्वना यो राष्ट्रले नेपाली युवाहरुलाई पकाई खाने भाडोको रुपमा मात्रै प्रयोग गर्दै आएको छ । जुन भाडोलाई पकाउन्जेल माया गरिन्छ, जब पाकेर खाना खाई भोक मेटाइसकेपछि भाडा संरक्षण नगरेजस्तै युवाहरुलाई पनि त्यही ढंगबाट हेरिरहेको छ । नेपालको सन्दर्भमा अहिलेसम्म हेर्दा युवाको भूमिका संघर्ष र आन्दोलन गर्ने मात्रै जस्तो देखिएको छ । क्षमतावान, प्रतिभावान र कर्मठ युवा नेताहरुको संख्या नेपाली राजनीतिमा धेरै मात्रामा छ तर उनीहरुको क्षमता र प्रतिभालाई दबाएर राखिएको अवस्था छ । युवाहरुलाई भूमिका दिनु पर्छ भन्ने संस्कृति नेपालका कुनै पनि राजनीतिक दलमा छैन भन्दा सायद फरक नपर्ला ।

केहि दशक अगाडि दशैंमा आमा–बाबुले टिका लगाएर आफ्ना छोरा–छोरीलाई आर्शिवाद दिदा ठूलो भएपछि मन्त्री बनेस भनेर आर्शिवाद दिन्थे, तर अहिले नेता र मन्त्री नबन्नु डाक्टर र इन्जीनियर बन्नु भनेर आर्शिवाद दिन थालेका छन् । नेपाली समाजमा पहिला राजनीतिज्ञहरुको सामाजिक मान र प्रतिष्ठा धेरै थियो तर अहिले राजनीतिज्ञहरुको मान र प्रतिष्ठा घट्दो क्रममा छ । कुनै युवा नेता चर्चित भयो भने उसलाई प्रोत्साहन गर्नुको सट्टा प्रतिस्पर्धीको रुपमा लिएर दबाएर राख्ने संस्कृति नेपालको राजनीतिमा विद्यमान छ । यस्तो संस्कृतिले युवा नेताहरुको राजनीतिप्रतिको आकर्षणलाई झन कमजोर बनाई राखेको छ । साथै नयाँ पिढी जो वर्तमान पिढी भन्दा हरेक क्षेत्रमा अब्बल छ त्यस्ता पिढीहरुलाई राजनीति प्रति वित्रिष्णा जगाई राखेको छ । अहिलेका युवा नेताहरुको अवस्था देख्दा कुनै पनि नयाँ पिढी राजनीतिमा प्रवेश गरेर आफ्नो भविष्य विर्गान चाहदैनन् र आफ्नोे भविष्य निर्माण गर्न युरोप र अमेरिका तिर प्रस्थान गर्दछन् । यसका थुप्रै कारणहरु होलान् । त्यसमध्ये एउटा कारण हो नेपाली राजनीतिमा युवाहरुको वर्तमान अवस्था ।

हाम्रो छिमेकी मुलुक चीनलाई हेर्न सक्छौं । युवा शक्तिलाई सही ढंगबाट परिचालन गर्दा पाँच वर्षमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चीनलाई मुक्त गराई सम्पन्न चीन, त्यो पनि आज विश्वको प्रतिस्पर्धी मुलक भइरहेको छ ।

साच्चै भन्ने हो भने नेपालको राजनीतिमा युवा नेताहरुको अवस्था दयनीय रहेको छ । जुन देशमा युवा नेताहरुको अवस्था दयनीय हुन्छ, त्यस देशको अवस्था पनि दयनीय नै हुन्छ । हामीमध्ये थोरै छौँ होला जो नेपाल कै कुनै नेतालाई प्रेरक मानेर म यो राजनीतिज्ञ जस्तो बन्छु भन्ने । बरु हामी कुनै खेलाडी, सेलिब्रेटि वा गायक बन्न चाहन्छौँ तर राजनीतिज्ञ हाम्रो रोजाइको विषय बन्दैन । एउटा छोराले आफ्ना बुवालाई म नेता बन्छु, राजनीति गर्छु भन्न सक्ने अवस्था छैन हाम्रो देशमा, कारण यो त पढेलेखेकाले गर्ने कुरा होइन, यसमा कुनै भविष्य छैन, पढ्न नसकेर केही काम नलाग्ने मूर्खहरुले गर्ने पेशा हो भनेर राजनीतिको परिचय गराइदिए मेरो देशका राजनेताहरुले । र त आज अधिकांशका मुखमा झुन्डिन्छ ‘राजनीति एक फोहोर खेल’ । नेपाली राजनीतिप्रति वितृष्णा जागेर युवाहरु राजनीतिसँग डिभोर्स गर्दैछन् । जसरी एउटा बुढो रुखको छायाँले त्यस वरपरका स–साना रुखहरुमाथि बढ्न नपाएर सुकेर जान्छन् । त्यस्तै नेपाली राजनीतिमा पनि बुढा नेताहरुको छायाँले युवा नेताहरु माथि बढ्न नपाउँदै हराएर जाने गरेका छन् । अहिलेका युवा नेतालाई कुनै पनि दलको नेतृत्वदायी पदमा पुग्न कम्तिमा १५–२० वर्ष लाग्दछ, जुन बेला उनीहरु युवा नेता रहदैनन् । आफ्नो पालो कुर्दाकुर्दै देशका लागि केही गर्छु भन्ने जोश मत्थर भएर जीवनको अन्तिम प्रहरमा जब मौका आउँछ न त ती सपनाहरु स्मृतिमा रहन्छन् न त त्यो केही गरौँ गरौँ भन्ने जोश । यो वृद्धावस्थामा बाँकि रहन्छ त केवल आफ्नालाई केही गरेरै मरौँ भन्ने भावना र सुरु हुन्छ नातावाद र कृपावादको खेती । र फेरि त्यहि चक्र शुरु हुन्छ । यसरी नेपालको वर्तमान राजनीति चलिरहेको अवस्था छ ।

युवाको विशेषताः

युवा वर्गमा चट्टान तोड्न सक्ने र फलाम फोड्न सक्ने तातो अनि नयाँ जोश र असीमित जाँगरसहितको जवानी हुन्छ, प्रतिभा र अठोटको खानी हुन्छ, तातो र रातो रगतको परानी हुन्छ । हरेक चुनौतिलाई सामना गर्न सक्ने सामथ्र्य हुन्छ । जोखिम मोल्न सक्ने क्षमता हुन्छ । जुन युवा बाहेक अरु उमेरकासँग हुँदैन । कुनै पनि खोलनाला र नदीहरुमा खेर गइहेको पानीमा बाँध बाँधेर विद्युत निकाले झैँ राष्ट्रमा खेर गइरहेको यो युवा शक्तिलाई संगठित पारि राष्ट्रिय विकासको अभियानमा समाहित गराउन सकेमा वास्तविक रूपमा मुलुकले काँचुली फेर्न समय लाग्दैन । किन कि युवा भनेकै ति व्यक्तिहरु हुन जो आफ्नो बल, विवेक, बुद्धि र श्रम प्रयोग गरेर देशको काँचुली फेर्न रमाउँछन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा युवाहरुको प्रतिनिधित्व किन आवश्यक छ ?

युवाहरुका राष्ट्रिय मुद्दाहरु न त भर्खरै हुर्कँदै गरेका नानीहरुलाई जानकारी हुन्छ न त समय परिवर्तनसँगै अद्यावधिक हुन नसकेका वृद्धालाई ज्ञात हुन्छ । युवाका समस्याहरुलाई बुझेर मनन् गर्दै आत्मसात् गर्न सक्ने क्षमता युवासँग मात्र हुन्छ । युवाले देश र जनतालाई प्रतिनिधित्व गर्दै राष्ट्रिय नीति निर्माणमा प्रत्यक्ष सहभागी बन्न सके राष्ट्रले यथास्थितिवादीको शिकार हुनु पर्दैन, देशले विकासको लामो समयावधि कुर्नु पर्दैन । युवा शक्तिलाई राजनीतिक प्रणालीमा प्रयोग गर्न सके राजनीतिक गर्भबाटै दीर्घकालीन नव नीति, सोच, प्रतिभा, आविष्कार र विकासका आधारहरुको जन्म हुन्छ । न की राष्ट्रले सम्झौता र अवसरको राजनीति भोग्नु पर्दैन, ९–९ महिनामा बदिलिने नीतिसँग सहवास गरेर कार्यान्वयनको भ्रुण हत्यामा मलामी जनता बन्नु पर्दैन । हाम्रो छिमेकी मुलुक चीनलाई हेर्न सक्छौं । युवा शक्तिलाई सही ढंगबाट परिचालन गर्दा पाँच वर्षमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चीनलाई मुक्त गराई सम्पन्न चीन, त्यो पनि आज विश्वको प्रतिस्पर्धी मुलक भइरहेको छ ।

हाम्रो जस्तो जातिय धार्मिक क्षेत्रीय विषमता रहेको मुलुकमा जुनसुकै पृष्ठभुमी वा समुदायको युवा भएपनि आधारभुत रुपमा नेपाली युवाका समस्या समान छन् र ति हुन् पहिचान प्रतिनिधित्व र पहुँच । यदि युवाहरुलाई अहिले नै उचित व्यवस्था गर्न सकिएन भने राजनीतिमा एउटा पुस्ता नै लोप हुनेछ । यदी क्षमतावान युवाहरु राजनीतिबाट पछि हटे देशको विकास कसरी सम्भव छ ? अनि हामीले अहिलेको यो अवस्थाबाट कहिले मुक्ति पाउने ? नेपालमा राजनैतिक परिवर्तन मात्र भएको छ । तर, मुख्य आर्थिक परिवर्तन हुँन बाँकी नै छ । जब युवा शक्तिलाई सही ढंगबाट प्रयोग र परिचालन गरिदैन तबसम्म देशको विकास सम्भव छैन ।

चिनियाँ जनक्रान्तिका महानायक माओत्सेतुङले भनेका थिए, ‘युवाहरु हो, यो संसार तिमीहरुको हो । हुन त हाम्रो पनि हो तर अन्त्यमा विश्लेषण गर्दा तिमीहरुको हो’ माओत्सेतुङको को भनाइलाई ग्रहण गर्दै नेपाली युवाहरुले पनि यो देश हाम्रो हो भन्ने सोचेर देशको विकास र समृद्धिको लागि नेतृत्वादायी भूमिका खेल्नै पर्ने बेला भएको छ ।

चिनियाँ जनक्रान्तिका महानायक माओत्सेतुङले भनेका थिए, ‘युवाहरु हो, यो संसार तिमीहरुको हो । हुन त हाम्रो पनि हो तर अन्त्यमा विश्लेषण गर्दा तिमीहरुको हो’ माओत्सेतुङको को भनाइलाई ग्रहण गर्दै नेपाली युवाहरुले पनि यो देश हाम्रो हो भन्ने सोचेर देशको विकास र समृद्धिको लागि नेतृत्वादायी भूमिका खेल्नै पर्ने बेला भएको छ । युरोपियन देशहरु विकासको शिखरमा पुग्नुको कारण एउटा यो पनि हो कि उनीहरुको निर्णायक तहमा युवावर्गकै वर्चस्व छ । नेपालको संविधानलाई पनि लागू गर्नको लागि युवाहरुले नेतृत्व लिनुपर्ने भएको छ । अहिले देखिएको पहाडदेखि मधेससम्मको समस्या समाधान गर्नको लागि युवाले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बेला भएको छ। युवा पुस्ताले नेताहरुको पुच्छर होइन यो मुलुकको नेतृत्व लिनु पर्छ। युवाहरुलाई कुनैपनि राजनीतिक पर्टीको विधानमा राष्ट्रिय राजनीतिमा आउन हदम्याद तोकिएको छैन। केन्द्रीय राजनीतिमा प्रवेश गराइनु हुँदैन भनेर कहीँ लेखिएको पनि छैन । संविधानको भाग–४ अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको धारा–५५ को (ञ) (७) मा ‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने’ भनी उल्लेख गरिएको छ । त्यसैले उनीहरुलाई पनि समान स्थान लिनु पर्दछ । समावेशी सहभागिता भए मात्र पाको व्यक्तिले नव आगन्तुकलाई सिकाउन सक्दछ, सिक्ने मौका पाउँछन् नवयुवाले । राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा उनीहरुले आफ्नो योग्यता र क्षमता बढाउनेछन् ।

तसर्थ औसत ७० प्रतिशत भन्दा बढी युवा मतदाता भएको नेपालमा । देशको प्रत्येक नागरिकलाई राजनीति तर्फ आकर्षित गर्न र राष्ट्रिय सरोकारका विषयमा जनसहभागिता बढाउन युवा नेताहरुलाई नै अब हुने राष्ट्रिय र प्रदेशको चुनाबमा बहुमत हुनेगरी प्रतिनिधित्व गराउनु आवश्यक छ । ता कि अब आउने पिँढीले भनोस् म फलानो नेता, राजनीतिज्ञ जस्तो बन्न चाहन्छु र कुनैपनि छोराले बुवाको रोकावटबाट पेशा परिवर्तन गर्नु नपरोस् । बरु गर्वका साथ भन्न सकुन् मेरा सन्तती राजनीतिज्ञ हुन भनेर । बेलामै युवावर्गलाई देशको नेतृत्वमा स्थापित गराउन नसक्ने हो भने राष्ट्र र राष्ट्रियताको खोक्रो गुणगान गाइरहन कहाँ सक्लान् र ? महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन, एउटै गल्ती बारम्बार दोहोर्याएर नयाँ नतिजा अपेक्षा गर्नु मुर्खता हो । त्यो अवस्थामा हामीसंग विगतमा गरिएको बारम्बारको गल्ती दोहोर्याएर मुर्ख बन्नु शिवाय अन्य विकल्प बाँकी रहने छैन ।

प्रतिक्रिया
सम्बन्धित