मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

लक्ष्मी बैंकको नयाँ शाखा ताप्लेजुङमा

दैनिक नेपाल २०७४ असोज २६ गते २०:२१

काठमाडौं, २६ असोज । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज ताप्लेजुङ्गको, फुङ्लिङ्गमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । जिल्लामा बैँकको यो पहिलो शाखा हो ।

संयुक्त राष्ट्रसंघ पुँजीविकास कोष (UNCDF) तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित ‘उन्नति – बित्तमा पहुँच (A2F)’ परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्याउने योजनाअन्तर्गत यो शाखा पनि सञ्चालन गरिएको छ ।

४१ जिल्लामा अब लक्ष्मी बैंकको शाखा सञ्जाल ७२, ३ हस्पिटल सेवा काउन्टर, ९३ एटिएम, २५०० भन्दा धेरै रेमिटेन्स् तथा४०० भन्दा बढी मोबाईल एजेन्टहरु पुगेका छन् । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोनमार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवर्द्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित