आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

यूएन मिसनका लागि नेपाल प्रहरीको टोली सुडान उड्यो, एआईजी जोशीले गरे विदाई

दैनिक नेपाल २०७४ असोज २६ गते २०:०६

काठमाडौँ, २६ असोज । प्रहरी प्रधान कार्यालय प्रशासन बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव प्रसाद जोशीले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ डार्फर सुडान स्थित अनामिड मिसनमा खटिई जान लागेका प्रहरी टोलीलाई बिहीबार उहाँकै कार्य कक्षमा बिदाई गर्नुभयो ।

त्यस अवसरमा उहाँले मिसन अवधिभर जस्तोसुकै बिषम परिस्थितीमा पनि नेपाल प्रहरीको छवि उच्च राख्दै इमान्दारीता एवं बफादारिताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न टोलीलाई निर्देशन दिनुभयो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरी उपरीक्षक सुदिप गिरीको नेतृत्वमा त्यसतर्फ प्रस्थान गर्नेहरुमा प्रहरी नायव उपरीक्षक १, प्रहरी निरीक्षक ५ र प्रहरी नायव निरीक्षक ४ जना गरी कुल ११ जना प्रहरी अधिकृतहरु रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित