आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

बारी जोत्दै गर्दा कसरी ज्यान गयो महिला र गोरुको ? सल्यानमा भयो यस्तो घटना !

दैनिक नेपाल २०७४ असोज २६ गते १९:४४

– मिना बुढाथोकी

सल्यान, २६ असोज । करेन्ट लागेर सल्यानमा एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ खातीगाँउमा बिहीबार बिहान बाँझो बारी जोत्दै गर्दा करेन्ट लागेर ज्ञान बहादुर वली कि ५० बर्षिय श्रीमती मंगली कुमारी वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । करेन्ट लागेर श्रीमान घाइते भएका छन् । यस्तै जोत्दै गरेको एउटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।

‘ज्ञान बहादुर वली गोरु लिएर बर्षेबाली रोपेको बाँझो बारी जोत्न बिहान बारीमा जानु भए छ, बारीको बिचमा बिजुलीको फलामको पोल गाडिएको रहेछ, बारी अलि ओसिलो रहेछ, जोत्दै जाँदा उहाँलाई करेन्टको झट्का लागेर बारीको डिलमा फाले छ,’– प्रहरी स्रोत भन्यो ।

श्रीमानलाई करेन्टको झट्का लागेको देखेर श्रीमानलाई के भयो भनेर श्रीमान कहाँ जान लागे कि उनकी श्रीमती मंगलीलाई करेन्ट लागेर बारीमा नै टाँसिएर मृत्यु भयो । बिजुलीको फलामको पोलमा राखिएको डि आईरन ईन्सुलेटरबाट तार चुडिएर पोलमा जोडिएको त्यो जमिन चिसो भएपछि पोलबाट करेन्ट बगेर जमिनमा छोएका कारण करेन्ट लागेको प्रहरी स्रोतको अनुमान छ ।

मृतकका श्रीमानले चप्पल लगाएका कारण बाँच्न सफल भएको तर श्रीमती खाली खुट्टामा नै भएकाले केरन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ज्ञानको बहादुर अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित