आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

विकट बाजुरा सुगम बनेपछि ‘पिछडिएको क्षेत्र’ घोषणाप्रति बाजुरा बासीको विरोध

दैनिक नेपाल २०७४ असोज २६ गते १९:३२

– कृष्ण ओेली

बाजुरा, २६ असोज । सरकारले पीछडीएको क्षेत्र घोषणामा अन्याय गरेको भन्दै जिल्ला बासी चौतर्फी विरोधमा उत्रिएका छन् । माानव विकास सूचाङ्क देखि अनय सूचकमा सबै भन्दा पुछारमा रहेको जिल्लाका स्थानीय तहलाई सुगमको दर्तामा सुचिकृत गर्न खोजिएकोमा जिल्ला बासीले आपत्ति जनाएका छन् ।

सरकारले देशभरका ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्रका रुपमा घोषणा गरेपछि सामाजिक सञ्जाल देखि चिया गफमा समेत चर्चाको विषय बनेको छ । सामाजिक सञ्जाल मार्फत नेताहरुलाई छाडा गाली देखि कडा शब्दमा विरोध र आपत्ती जनाएका स्टाटस पोष्ट भईरहेका छन् ।

जिल्लाका नौ वटा स्थानीय तह मध्ये २ वटालाई मात्र पीछडिएको क्षेत्रमा राखिएको छ । दुर्गम क्षेत्रका रुपमा घोषित बाजुराका स्वामिकार्तिक र हिमाली गाउँपालिकालाई समावेश गरिएको छ । भौगोलिक र अन्य कारण पनि दुर्गम रहेका छेडेदह, पाण्डव गुफा र गौमुल गाउँपालिका भने पिछडिएको क्षेत्रमा परेका छैनन् ।

छिमेकी जिल्ला अछामका नगरपालिका सहीत ५ र बझागंका नगरपालिका सहीत ६ वटा स्थानीय तह समेटिएपनि बाजुराका भने २ वटा स्थानीय तह मात्र समेटिएकोमा स्थानीयले आपत्ति जनाएका छन् ।

बाजुरा माथि फेरि सौतेनी व्यवाहार भयो, सरकारको निर्णय नै अन्याय पूर्ण भन्छन्, मानव अधिकार कर्मी तुलसीराम रोकाया । उनले निर्णयमा थप नगरिए जिल्लाबासीले आन्दोलन गर्ने बताए ।

बाजुरामा देशकै बढी ७० प्रतिशत गरिब बसोबास गर्छन् । स्वास्थ्य संस्था पुग्न दुई दिनसम्म लाग्ने गाउँहरु बाजुरामै छन् । सदरमुकामम मार्तडी बाहेका क्षेत्रमा सडकको पहुँच पुगेको छैन् । त्यसैको उपहार स्वरुप सुगम घोषणा गरिएको हुन सक्ने नागरिक अगुवा शेरबहादुर शाहीले सामाजिक सञ्जाल मार्फत व्याग्य गरेका छन् ।

सरकारले छिमेकी जिल्ला अछामका कमल बजार नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, चौर पार्टी गाउँपालिका पिछडिएको क्षेत्रमा परेका छन् ।

यस्तै बझाङ्गका दुर्गाथली गाउँपालिका, बुंगल नगरपालिका, सुर्मा गाउँपालिका केदारस्यू गाउँपालिका, बित्थड चिर गाउँपालिका, काँडा गाउँपालिका गरी ६ वटा समेटीएका छन् । डोटीकै २ वटा स्थानीय तहलाई पीछडिएकोमा राखेको छ ।

जिल्लाबाट नेतृत्व गर्ने दलका नेताहरुको बेवास्ता र कमजोरीका कारण बाजुराका ७ वटा स्थानीय हत विशेष आरक्ष र राज्यका पिछडीएका क्षेत्रबाट पाउने सेवाबाट वञ्चित हुने आशंका जिल्ला बासीको छ ।

बाजुराका ७ वटा साविक गाविसको छाती चिरेर कर्णाली बग्छ, हामीलाई कर्णाली बासी भनिदैन्, यो नै राज्यको सौतेनी व्यवाहार हो भन्छन्, स्थानीय केपी रेग्मी । नेताहहरुको कार्यक्षमतामा नै प्रश्न खडा हुने उनले थपे । नेताहरुले भने यसमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

अछामका नगरपालिका सहीत ५, बझागका नगरपालिका सहित ६ , कैलाली १, डोटी २ वटा तह पिछडिएको क्षेत्र भैरहँदा देशको ७५ औ स्थानमा पर्ने जिल्लाका २ तह मात्रै पिछडिएको क्षेत्रमा पर्नुले कि त वाजुराको विकासमा कायापलट भएको छ या सरोकारवाला व्यक्ति तथा निकायले त्रेटी गरेको हो, निजामति कर्मचारी संगठनका अध्यक्ष समेत रहेका मिनप्रसाद जैशीले फेसबुकमा लेखेका छन् । साझा मुद्दाका विषयमा पैरवी गर्ने र निर्णय गर्ने जिम्मेवारी आखिर कसको । अवको निर्वाचनमा उम्मेदवार भैरहँदा नेताज्यूहरुले जनताका सामु के जवाफ पेश गर्नु हुन्छ कुन्नी ? उनले थपेका छन् ।

बाजुरा यस अघि दुर्गम र पिछडिएको क्षेत्रमा समावेश थियो । स्थानीयले राज्यले दिने सुविधा लिँदै आएका थिए । अब हिमाली र स्वामिकार्तिक गाउँपालिका बाहेक अन्य स्थानीय तह सुगम क्षेत्र भित्र पर्ने भएका छन् । जिल्लाबाट हाल कर्णबहादुर विक आपूर्ति राज्य मन्त्री, कर्णबहादुर थापा, बद्रीप्रसाद पाण्डे, बसुन्धरा रोकाया र पेम्बा गुरुगं भोटे सांसद रहेका छन् ।

सरकारले प्रदेश १ मा संखुवासभाको भोटेखोला र पाँचथरको तुम्वावे गाउँपालिका पिछडिएको क्षेत्रमा परेको छ । प्रदेश २ मा सर्लाहीको धनकौल, बसबरिया र बिष्णु गाउँपालिका तथा रौतहटको राजपुर नगरपालिका पिछडिएको क्षेत्रमा परेको छ ।

प्रदेश ३ मा सिन्धुलीको हरीहरपुरगढी र मरिण गाउँपालिका, प्रदेश ४ मा मुस्ताङको लोमान्थाङ र ५ मा बाँकेको तरैनापुर गाउँपालिका पिछडिएको क्षेत्रमा परेका छन् । प्रदेश ६ मा ३० वटा र प्रदेश ७ मा १७ वटा स्थानीय तह पिछडिएको क्षेत्रमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित