मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

विहे भोजमा झडप, दुई जनाको टाउको नै फुट्यो

दैनिक नेपाल २०७४ असोज २६ गते १९:२०

– मिना बुढाथोकी

सल्यान, २६ असोज । सल्यानमा बिबाहको भोज खाँदै गर्दा झडप भएपछि दुई जना घाइते भएका छन् ।

जिल्लाको ढोरचौर गाउपालिका २ भाँगाचौर निबासी उदय राम चलाउनेको छोरा बुद्धिराम चलाउनेको बिबाहमा भाँज खाँदै गर्दा बिबाद भए पछि झडप भएको थियो । झडपमा परी साही ठाँउका २५ बर्षिय प्रेम बुढाथोकी र २७ बर्षिय नबिन बुढाथोकी घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ती दुबै जनाको टाउकोमा चोट लागेको छ । घाईतेहरुको श्रीनगरमा सामान्य उपचार पछि थप उपचाको लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

बिबाहमा भोज खाँदै गरेको ठाँउमा मदिरा सेवन गरेर प्रेम बुढाथोकी र नबिन बुढाथोकीले होहल्ला गरे पछि बिबाद उत्पन्न भएको थियो । बिबादले उग्ररुप लिए पछी प्रेम र नबिनका साथै स्थानिय २२ बर्षिय भरत चलाउने र १९ बर्षिय गोपाल चलाउने बिचमा हात हालहाल संगै कुटाकुट भएको थियो । घटना पछि भरत चलाउने र गोपाल चलाउने फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित