आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रदेशसभातर्फ पन्त सिफारिस

दैनिक नेपाल २०७४ असोज २६ गते १९:०२

कञ्चनपुर, २६ असोज । आगामी मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट बलराम पन्त सिफारिस हुनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले उहाँसहित क्षेत्र नम्बर २ का लागि ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा पन्तसँगै मिनबहादुर सिंह र सिद्धराज भट्ट रहनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा कृष्णपुर नगरपालिकाको मेयरका आकांक्षी पन्त प्रदेशसभा सदस्यका लागि (क) वर्णानुक्रममा उम्मेदवार सिफारिस हुनुभएको हो । स्थानीय तहको निर्वाचनका बेला पार्टीले प्रदेशसभाको टिकट दिने भनेपछि उहाँ मेयरको दौडबाट पछि हट्नुभएको थियो ।

अहिले उहाँले प्रदेशसभाको टिकट पाउन राजधानीमा विभिन्न नेतासँग लबिङ थाल्नुभएको छ । करिब २ दशक शिक्षण पेसा तथा २०४३ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका पन्त सिफारिसमा परेकामध्ये सिनियर, दिग्गज र पुराना नेता हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ– ‘पार्टीले मूल्यांकन गरेर मलाई टिकट दिन्छ भन्ने विश्वास छ, प्रदेशसभामा मेरो जित सुनिश्चित छ ।’

प्रतिक्रिया
सम्बन्धित