आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

सिंहदरबार बैठकः एमालेको प्रस्ताव प्रधानमन्त्री देउवाद्वारा ठाडै अस्वीकार, सहमति जुटेन्

दैनिक नेपाल २०७४ असोज २६ गते १६:५५

– विमल योगी

काठमाडौं, २६ असोज । सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समानुपातिक निर्वाचनको बन्दसूची बुझाउने मिति सार्नको लागि प्रस्ताव गरेका थिए ।

बरिष्ठ नेता नेपालको उक्त प्रस्तावलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरेको बैठकमा सहभागी एक नेताले बताए ।

आगामी मंसिरमा हुने समानुपातिक निर्वाचनको बन्दसूची बुझाउने मिति यही असोज २९ गतेलाई तोकिएको छ । नेता नेपालले यो मितिमा समय अपुग भएको भन्दै सार्न प्रस्ताव गरेका थिए ।

तर जवाफमा प्रधानमन्त्री देउवाले चुनावको मिति कुनै हालतमा हेरफेर नहुने स्पष्ट पारेको बैठकमा सहभागी ती नेताले बताए । ‘प्रधानमन्त्री देउवाले चुनावको मिति हेरफेर हुन्न्, तोकिएको समयमा हुन्छ भन्नुयो,’ ती नेताले भने- ‘चुनाव सार्ने पक्षमा देउवा देखिनुभएन् ।’

बैठकपछि बाहिर सञ्चारकर्मीसँग बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलले समानुपातिकतर्फ बन्द सूची बुझाउने विषयमा केही अप्ठ्याराहरु रहेको भन्दै ती अप्ठ्यारा फुकाउन निर्वाचन आयोगसँग परामर्श गरिने बताए । ‘बैठकमा भोलि निर्वाचन आयोग परामर्श गर्ने समझदारी भएको छ,’ नेता पौडेलले भने– ‘यसमा केही प्राविधिक कठिनाई छ ।’

नेता पौडलका अनुसार बैठकमा राष्ट्रिय सभा निर्वाचन ऐनका विषयमा छलफल भएको थियो । ‘कांग्रेसले यो ऐनका सम्बन्धमा एकल सक्रमणका आधारमा राष्ट्रिय सभाको निर्वाचन हुनुपर्छ भन्ने प्रस्ताव राख्यो,’ नेता पौडेलले भने– ‘एमालेका साथीहरुले हुँदैन् बहुमतका आधारमा गर्नुपर्छ भन्नुभयो । यहाँनेर कुरो मिलेन । अब तीन शीर्ष नेता देउवा, प्रचण्ड र ओलीबीच छलफल गरेर टुंग्याउनेगरी आजको बैठक निष्कर्षमा पुग्यो ।’

नेता पौडेलले चुनावको कार्यतालिका कुनै हालतमा नसार्ने तीन दलका नेताको अडान सुनाउँदै भने– ‘चुनाव तोकिएकै मितिमा गर्नुपर्छ भन्ने सबै सहमत छन् ।’

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आचारसंहिता र चुनाव समयमै गर्नुपर्ने विषयमा राष्ट्रिय सभाको विधेयकको विषयमा छलफल भएको बताए ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख तीन दलका शीर्ष नेताहरुबीच विधेयकहरु लगायत संसद विघटन तथा मुलुकको समसामयिक विषय र दुईटा निर्वाचन कसरी गर्ने विषयमामा छलफल भएको बताए ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, माधव नेपाल र सुवास नेम्वाङ, माओवादी केन्द्रबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा लगायतका नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित