मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

संयुक्त विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई बहिष्कार गर्ने, शिक्षा विधेयक फिर्ता लिन माग

दैनिक नेपाल २०७४ असोज २६ गते १७:४०

काठमाडौं, २६ असोज । संयुक्त विद्यार्थी संगठनले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई बहिष्कार गर्ने निर्णय गरेको छ ।

विहिबार बागबजारस्थित अनेरास्ववियुको केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले शिक्षक र विद्यार्थीको अधिकार कटौति हुनेगरी शिक्षा ऐन ल्याउने मन्त्री श्रेष्ठलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरेको अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए ।

‘शिक्षा ऐनको नवौं संशोधन, सीटिइभिटीबाट कलेजलाई सम्बन्ध दिने निर्णय बदनीयतपूर्ण तरिकाले गराउने र नेपालको शिक्षा क्षेत्रलाई तहस नहस पार्ने मुख्य पार्ने वर्तमान शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनले सार्वजनिक बहिष्कार गर्ने निर्णय भयो,’ उनले भने– ‘साथै देशभरीका विद्यार्थीहरुलाई बहिष्कारको लागि अपिल गर्छाै ।’

ब्ैठकले शिक्षा ऐन नवौं संशोधन विधेयक– २०७४ लाई कार्यान्वयनमा जान नदिन राष्ट्रपतिसमक्ष संयुक्त डेलिगेसन जाने निर्णय समेत गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– ‘लाखौं लाख विद्यार्थीहरुले योग्य शिक्षकबाट शिक्षा आर्जन गर्न पाउने नैसर्गिक अधिकारलाई यस संशोधनले कुठाराघात गरेको र शिक्षण लाइसेन्स लिएर बसेका लाखौं दक्ष जनशक्तिलाई समेत यस संशोधनले अवसरको ढाको बन्द गरेकाले यसलाई रोक्न राष्ट्रपतिलाई अपिल गर्दछौं ।’

प्रतिक्रिया
सम्बन्धित