मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

प्रहरी प्रशासनको मिलेमतोमा रोल्पाबाट चुनढुंगा उत्खनन, खानी विभागले काट्यो पत्र

दैनिक नेपाल २०७४ असोज २६ गते १५:२९

रोल्पा, २६ असोज । रोल्पाको बुढागाउँबाट अबैध तरिकाले दैनिक सयौं टिपर चुनढुगाको उत्खनन र बनको फडानी भैरहेको पाइएको छ ।

खानी बिभाग र बन बिभागको अनुमति बिना स्थानीय प्रशासन एवं प्रहरीसित मिलोमतो गरि राप्ती माइनिग र पुन कन्स्ट्रक्सनले दर्जनौं स्काइभेटरले दिनहुुँ सयौं टिपर चुनढुङा उत्खनन गरि दाङको घोराही स्तिथ सिमेन्ट उद्योगमा बिक्री गरिरहेको छ । घोराही सिमेन्ट उधोगका अध्यक्ष पुरुषोत्तम लाल सघइको निर्देशनमा सो अबैध उत्खनन भैरहेको छ ।

चुनढुङा उत्खनन गर्न खानी बिभागको अनुमति बन बिभागको स्बीकृती, बाताबरण बिभागको अनुमति लिएर स्थानीय गाउँपालिकाबाट कर बुझाए पछी मात्र उत्खनन गर्न पाइन्छ । राप्ती माइनिग र पुन कन्स्ट्रक्सनले सम्बन्धित कुनै बिभाग र कार्यालयबाट अनुमती नलिई रोल्पा त्रिबेणि गाउँपालिका वडा न ३ बुढागाउको उपल्लो छाप कोपिला डाडोबाट स्काइभेटर लगाइ दैनिक सयौं टिपर चुनढुङा उत्खनन गरि रहेको छ । सो डाडामा बन जङ्गल समेत रहेको छ ।

एकतर्फ बाताबरण क्षति भैरहेको छ भने अर्को तर्फ लाखौंको राजस्व पनि नोक्सान भएको स्थानीयहरु बताउछन। निजी जग्गा लालपुर्जा रहेकोले आफुहरुले उत्खनन गरेको पुन कन्स्ट्रक्सनका संचालक प्रेम पुन बताउनु हुन्छ । तर निजी जग्गा भएपनी उत्खनन गर्न खानी बिभागको अनुमति लिनुपर्ने हुन्छ । चुनढुङा उत्खननमा राजनैतिक संरक्षण रहेकोले स्थानीयहरु बिरोध गर्न सकेका छैनन् ।

रोल्पाको त्रिबेणी गाउँबाट दाङ ६० किलोमिटर पर्छ । दिनहुँ सयौं टिपर अनाधिकृत अबैध उत्खनन र ओसारपसार हुन्दा पनि प्रहरी र प्रशासनले कुनै चासो नदेखाउन्दा मिलोमतो रहेको स्पष्ट बुझिन्छ ।

यता खानी बिभागले मंगलबार रोल्पा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अबैध तथा चोरी खनिज उत्खनन कार्य तत्काल रोक्न निर्देशनसहित पत्र समेत पठाएको खानी बिभागका बसन्त अधिकारीले जानकारी दिनुभएको छ ।

निर्देशनसहित पत्र:

प्रतिक्रिया
सम्बन्धित