आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

निर्माण व्यवसायी गौचनलाई प्रधानमन्त्रीले दिए श्रद्धाञ्जलि, आर्यघाटमा अन्त्यष्टि

दैनिक नेपाल २०७४ असोज २६ गते १५:००

काठमाडौं, २६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको अन्त्यष्टि आज साँझ पशुपति आर्यघाटमा हुने भएको छ ।

विहान १० बजेदेखि १२ बजेसम्म महासंघको अनामनगरस्थित कार्यालयमा गौचनको शव श्रद्धाञ्जलिका लागि राखिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, वनमन्त्री विक्रम पाण्डे, विभिन्न राजनीतिक दलका नेताहरु, प्रतिष्ठित उद्योगी व्यापारी लगायतका सयौंले गौचनलाई महासंघ कार्यालयमा आएर श्रद्धाञ्जलि दिनुभयो ।

प्रधानमन्त्री देउवाले गौचनको शवमा राष्ट्रिय झण्डा समेत आढाउनुभयो । गौचनको शव अहिले बालाजुमा रहेको थकाली समाजमा राखिएको छ । साँझ ४ बजेपछि पशुपति आर्यघाट लगेर उहाँको अन्तेष्टि गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित