मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

वाम गठबन्धनः एमाले र माओवादीबीच सीट बाँडफाँड, कसको भागमा कति ?

दैनिक नेपाल २०७४ असोज २६ गते १४:५१

काठमाडौं, २६ असोज । एमाले, माओवादी केन्द्र नयाँ शक्तिको वाम गठबन्धनमा आगामी निर्वाचनका लागि क्षेत्र (सीट) बाँडफाँड प्रक्रिया सुरु भएको छ ।

प्रारम्भमा गठबन्धनको कार्यदलले प्रदेश नम्बर २ र प्रदेश नम्बर ६ मा ६०/४० को भागवण्डाका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बराबरी सीट संख्या बाँडफाँट गर्ने सहमति गरेको छ ।

जस अनुसार प्रदेश २ मा एमालेले १६ र माओवादीले १६ सिट तथा प्रदेश ६ मा एमालेले ६ र माओवादी केन्द्रले ६ सीट पाउने छन् । प्रदेश २ र ६ सहित अन्य प्रदेशका बारेमा निर्णय लिन आज संयुक्त कार्यदलको बैठक जारी छ ।

यद्यपी प्रदेश २ र ६ का कुन कुन क्षेत्र एमालेले लिने र कुनकुन माओवादीले लिने भन्नेबारे अझै टुंगोमा पुग्न सकिएको छैन् । स्रोतका अनुसार एमालेको पकड भएको र जित्नै आएको क्षेत्रमा एमालेलाई छाड्ने र माओवादी पकड क्षेत्रमा माओवादीलाई दिने तयारी छ ।

यस्तै, कार्यदलले सीट फाँडफाँडका साथै ‘आत्मनिर्भरतासहितको आर्थिक विकास र समृद्धिको मूल एजेन्डा’सहितको घोषणापत्र लेखन कार्य अन्तिमतिर पुगेको जनाउँदै छिट्टै सार्वजिनक गर्ने तयारी भइरहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित