मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

अब राजधानीमा गुण्डा देख्यो कि इन्काउन्टर गर्छौः एआईजी चन्द

गौचनका हत्यारा कानूनी दायरामा ल्याएरै छाड्ने दावी

दैनिक नेपाल २०७४ असोज २६ गते १८:००

काठमाडौं, २६ असोज । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका आयुक्त एआईजी जयबहादुर चन्दले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनमाथि गोलि हानि हत्या भएको घटनाप्रति सबैभन्दा बढी प्रहरी दुखित भएको बताएका छन् ।

सञ्चारकर्मी कुरा गर्दै चन्दले राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा हुँदा हुँदै पनि सडकमा ढुकेर नियोजित तरिकाले कायरतापुर्ण तरीकाले गौचनको हत्या गरिएको भन्दै अभियुक्तहरुलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाए ।

उनले गौचनको हत्या घटनापछि राजधानीको सुरक्षा अवस्था विग्रिन नदिन प्रहरीले उच्च सर्तकता अपनाएको भन्दै घटनाको तिव्ररुपमा अनुसन्धान भइरहेको र छिटो भन्दा छिाटो दोषिलाई कानुनी कठघरामा उभ्याउने गरी प्रहरीले आफ्ना संयन्त्रहरु परिचालन गरिरहेको जानकारी दिए । विगत केही वर्षयता राजधानीको सुरक्षा अवस्था एकदमै राम्रो भएको भन्दै पछिल्लो पटक व्यवसायीमाथि गोलिप्रहार गरी हत्या गर्ने समुहको खोजि कार्य तिव्र पार्नका लागि प्रहरीले छुट्टै टिम परिचालन गरिरहेको एआइजी चन्दको भनाई छ ।

‘ब्यवसायिमाथि भएको कायरतापुर्ण हत्याको घटनाले सबैभन्दा बढि प्रहरी दुखित छ, राजधानिको सुरक्षा अवस्था वलियो भइरहेको अवस्थामा आपराधिक समुहले जसरी यो घटना घटाएर प्रहरीले कायम गरीरहेको शान्ति सुरक्षाको वारेमा प्रश्न उठाएका छन, घटनावाट पाठ लिदै आफुहरु उक्त घटनाको अनुसन्धान गरी दोषिहरुलाई चाडै पक्राउ गर्ने गरी सोच बनाइरहेका छौं’–चन्दले भने ।

यो घटनावाट प्रहरी निराश नभएको र आउदा दिनमा यस्ता घटना हुन नदिनका लागि आफ्नोतर्फवाट पुर्णरुपमा सावधानि अपनाएको उनको भनाई छ । पछिल्लो समयमा राजधानिमा गुन्डागर्दी मौलाएको हो भनि जिज्ञासा राख्दा चन्दले भने–‘राजधानीमा गुन्डागर्दी मौलाएको छैन, ब्यवसायि गौचनमाथि भएको हत्याको घटनामा गुन्डागर्दी र आपराधिक पृष्ठभुमिका भएका समुहले जिम्मा लिइरहेको खवर सञ्चारमाध्यममा आइरहेको हुँनाले आम मानिसले फेरी गुन्डागर्दी मौलायो कि भन्ने परेको छ, त्यो कदापि होइन्, मैले सबैलाई विश्वस्त बनाउन चाहन्छु कि राजधानीमा गुन्डागर्दी नियन्त्रण गर्न प्रहरी सक्षम छ, यदि प्रहरीलाई हतियारसहित गुन्डाहरु आक्रमण गर्न आउछन् भने प्रहरीले इन्काउन्टर गरेर सिध्याउछ ।’

प्रहरीले घटनाको परीस्थिती बुझेर आवश्यक निर्णय लिन निर्देशन दिइसकेको र गुन्डागर्दि नियन्त्रण गर्नका लागि प्रहरी जवाफी फाइरीङ गर्नसमेत तयार रहेको एआइजी चन्दले चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित