मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

प्रधानमन्त्रीविरुद्ध नेपाली सेनाले लियो एक्सन ! सर्वाेच्चमा रिट दायर

दैनिक नेपाल २०७४ असोज २६ गते १३:२१

काठमाडौं, २५ असोज । काभ्रेकी मैना सुनुवार हत्या प्रकरणलाई लिएर नेपाली सेनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाली सेनाका अख्तियार प्राप्त प्राड सह सेनानी सरोज रेग्मीले प्रधानमन्त्रीको कार्यालय, महान्यायाधीवक्ता, उच्च अदालत पाटन, जिल्ला प्रहरी कार्यालय काभ्रे, सकारी वकिलको कार्यालय काभ्रे र जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई विपक्षी बनाई सर्वाेच्चमा रिट दायर गरेका हुन् ।

रिटमा मैना सुनुवार मुद्दामा तीन सैनिक अधिकारीलाई सुनाइएको जन्म कैदको सजाय मिनाह हुनुपर्ने माग गरिएको छ । सैनिक अदालतबाट कारबाही भइसकेका व्यक्तिहरुलाई सामान्य अदालतले जन्म कैदको फैसला सुनाउनुले दोहोरो खतराको सिद्धान्त भएको सेनाको ठहर छ ।

सेनाको यो रिटमा भदौ १९ गते सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले कारण देखाउ आदेश जारी गरिसकेका छन् ।

चर्चित मैना सुनुवार हत्या काण्डमा काभ्रे जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौड्यालले २०७४ वैशाख ३ गते तीन जना सैनिक अधिकारीहरू तत्कालिन महासेनानी बबि खत्री तथा सहसेनानी द्वय अमित पुन र सुनिल अधिकारीलाई जन्म कैदको सजाय सुनाएका थिए । सह सेनानी निरञ्जन बस्नेतले उक्त मुद्दामा सफाईं पाएका थिए ।

२०६० फागुन ५ गते वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालको सैनिक टोलीले खरेलथोक ६ की (माओवादी आरोप लागकी)देवी सुनुवारकी १५ वर्षकी छोरी मैनालाई लगेको थियो । ४ दिनपछि मैना मृत फेला परेकी थिइन् ।

यो घटनामा मानवअधिकारवादी संगठनहरुले चरम यानता र बलात्कार गरेर हत्या गरेको बताउँदै आएका छन् भने सेनाले मुडभेडमा मारिएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित