सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

पाण्डेको स्वर चर्चित, नाम गुमनाम

दैनिक नेपाल २०७४ असोज २६ गते ९:३२

काठमाडौं । साधारण जीवनयापन गर्दै आएका गायक भुपु पाण्डेका विषयमा धेरैलाई जानकारी नहुन सक्छ । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाको सिसहनियाँ निवासी पाण्डेले संगीतमा धेरै अध्ययन गरेका छन् ।

बिहानैदेखि संगीतमा समय बिताउने गरेका गायक पाण्डेले ‘बोलन हो चम्पा…’ गीत गाएका थिए । उनको यो गीत साना बच्चादेखि सबै उमेर समूहले धेरै मन पराए । तर, गायक पाण्डेलाई कसैलेले चिन्न सकेनन् । अहिले पनि ‘बोलन हो चम्पा…’ बोलको गीत हिट छ ।

यति मात्रै होइन गायक पाण्डेले ‘एक्सेप्ट गर…’ बोलको गीतबाट पनि उत्तिकै चर्चा पाए । उनको यो गीतले पनि युट्युबमा धम मच्चाएको थियो । पाण्डेको स्वर युवापुस्तामा चर्चित छ । उनको हेयरस्टाइल पनि युवापुस्ताले धेरै मन पराउँछ ।

यसैबीच, गायक पाण्डेको ‘तिहार आयो…’ बोलको गीत सार्वजनिक गरेका छन् । म्युजिक भिडियोलाई पाण्डेले युट्युबमा राखेका छन् ।

तिहारको अवसरमा देउसी भौलोलाई केन्द्रमा राखेर उनले गीत गाएका हुन् । हुन त उनले दशैँका अबसरमा ‘लाहुरेको दशैँ’ गीत ल्याएका थिए ।

तिहार गीतमा सोधिएको जिज्ञासामा गायक पाण्डेले भने, ‘गीत सबै प्रकारका गाउनु पर्छ । दशैँको अवसरमा पनि गीत ल्याएको थिएँ ।

तिहारका लागि पनि अर्को गीत सर्वाजनिक गरेको छु ।’ भरखरै गायनमा नाम कमाउँदै गरेका गायक पाण्डेले सुस्तसुस्त दर्शक स्रोताहरूले चिन्न थालेको बताए ।

(भुपु पाण्डेको स्वरमा रहेको तिहारसम्बन्धी नयाँ गीत)

प्रतिक्रिया
सम्बन्धित